उदयपुर । नेपाल लाइव्रेरी फाउण्डेसन काठमाण्डौँले पढन संस्कृतिको विकास गर्न चार लाख मुल्य वराबरको विभिन्न विद्याका पुस्तक निशुल्क उपलब्ध गराएको छ ।
१३ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सोमबार संगम सामुदायिक पुस्तकालय उदयपुरले आयोजना गरेको पुस्तक हस्तान्तरण तथा सदस्य सम्मान कार्यक्रममा फाउण्डेसनका महासचिव धनकुमार श्रेष्ठले पुस्तकालयका अध्यक्ष अधिकारकर्मी भरत खड्कालाई एक हजार तीन सय पुस्तक हस्तान्तरण गरे ।
सोही अवसरमा महासचिब श्रेष्ठले सर्लाहीको सुकेपोखरीस्थित सामुदायिक अध्ययन केन्द्रलाई चतुरभुजेश्वर सामुदायिक पुस्तकालय र हरिवन नगरपालिकाको सहकार्यमा गृहणी महिला कम्प्युटर साक्षर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरे ।
त्यस्तै कागेश्वरी मनोहरा नगरपालिका काठमाण्डौँ मुलपानीस्थित मनोहरा सार्वजानिक पुस्तकालयलाई नेपालकै मोडेल पुस्तकालय निर्माणका निम्ति दुई हजार थान पुस्तक हस्तान्तरण गर्ने महासचिव श्रेष्ठले बताए ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद अम्बिका थापाले पुस्तकालयले सञ्चालन गरेको गृहणी कम्प्युटर शिक्षाले महिलाको क्षमताको विकास र आत्मनिर्भरतामा सघाउ पुर्याएको बताईन् । उनले पछिल्लो समय गृहणीमा सिमित रहेका महिलाहरु कम्प्युटर शिक्षामा आकर्षित भएकाले यसको निरन्तरताका लागि आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
तपाईको प्रतिक्रिया