दार्चुला । दार्चुलामा नेकपाका आधा दर्जन जति कार्यकर्ता नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
शुक्रवार मार्मा गाउँपालिका ३ लटिनाथमा आयोजना गरिएको भेटघाट तथा अन्तक्रिया कार्यक्रममा नेकपाका पाचँ जनाले काँग्रेस प्रवेश गरेको पार्टी उपसभापति ललित सिंह ठगुन्नालाई उदृत गर्दै मार्मा सहकर्मी दिनेश बहादुर सिंहले जानकारी दिए ।
पार्टी प्रवेश गर्नेमा महादेव आवि मटेलाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र प्रसाद भट्ट, वडा नम्बर २ का उमेश सिंह विष्ट, दिवाकर विष्ट, दुर्गा महर, गणेश बोहरा रहेका छन् । उनीहरुलाई नेपाली काँग्रेस जिल्ला कार्यसमिति उपसभापति ललित सिंह ठगुन्ना, महाधिवेशन प्रतिनिधि विक्रम सिंह धामी, नेविसंघ पूर्व केन्द्रिय उपाध्यक्ष गणेश भट्ट, काँग्रेस नेता जगदिश पालले सबैलाई पार्टीमा स्वागत गरेका हुन् । नवप्रवेशी उनीहरुलाई पार्टीको सदस्यता समेत प्रदान गरिएको छ ।
तपाईको प्रतिक्रिया