कृष्णनगर । इण्डो नेपाल सामाजिक मञ्चले मित्र राष्ट भारत सिद्धार्थनगर जिल्लाको बढ्नी एस. एस. बी. का सहायक कमान्डेंट गौरव प्रताप सिंह लाई सम्मान सहित बिदाई गरेको छ ।
गौरव प्रताप सिंह बढ्नी सिद्धार्थनगरबाट अरुणाचल प्रदेशमा सरूवा भएर जाने समयमा उक्त सम्मान र बिदाई गरिएको मञ्चका सदस्य वृजेश कुमार गुप्ताले जानकारी दिए ।
इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम पठानले उहाँको कार्यको सरहना गर्दै उज्जवल भविष्यको कामना गर्दै सफल कार्यकालको शुभकामना दिदै सम्मानित गरेका थिए ।
उक्त सम्मान कार्यक्रममा उद्योग वाणिज्य संघ कृष्णनगरका पूर्व अध्यक्ष गुरु शरण सिंह (बन्टी सरदार), इण्डो नेपाल सामाजिक मञ्चका सदस्य प्रितम कशौधन लगायतको उपस्थित रहेको थियो ।
तपाईको प्रतिक्रिया