धनकुटा । धनकुटाको शहिदभूमि गाउँपाउलिकामा एवोकाडो खेतीको विस्तार गरिएको छ ।
यो गाउँपालिकामा कस्ता कस्ता खालका फलफुल तथा तरकारीहरु व्यवसायीक रुपमा खेती गर्न सकिन्छ भन्ने वारे कृषी विज्ञहरुले गरेको अध्ययन र सुझाव सल्लाह अनुसार एवोकाडो खेती विस्तार गर्न थालिएको गाउँपालिका अध्यक्ष मनोज राईले वताउनुभयो ।
अध्यक्ष राईका अनुसार गाउँपालिकाका विभिन्न वडाका किसानहरुलाई गएको वर्ष २ हजार ५ सय १३ वोट एवोकाडोको विरुवा वितरण गरिएको छ ।
गाउँपालिकाले वितरण गरेको विरुवा किसानहरुको १० हेक्टर जमिनमा लागाईएको गाउँपालिकाले जनाएको छ । यो भन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १० हेक्टर क्षेत्रफलमा लगाउने गरी ३ हजार ५ सय भन्द वढी विरुवा किसानहरुलाई प्रदान गरिएको गाउँपालिकाका कृषी शाखा प्राविधिक खिर प्रसाद राईले जानकारी दिनुभयो । यहाँ मोरिङ्गा खेति समेत विस्तार गर्ने योजना रहेको छ ।
यो गाउँपालिकामा उत्पादित फलफुल र तरकारी खरिद विक्रिका लागि व्यवस्थित वजार,मूल्य निर्धारण, संकलन केन्द्र निर्माण गर्ने लगायतका वारेमा प्रदेश १ का कृषी विज्ञहरु सँग छलफल एवम् अन्तरक्रिया भईरहेको गाउँपालिका अध्यक्ष राईले वताउनुभयो ।
गाउँपालिकाले वडा नं ६ थलथलेमा रहेको डेड सय रोपनी सार्वजनिक जग्गामा पनि ५ सय वोट एवोकाडोको विरुवा रोपेको छ ।
तपाईको प्रतिक्रिया