दार्चुला । पछिल्लो समय दुहुँ गाउँपालिकामा नेपाली काँग्रेस प्रवेशको लहर चलेको छ ।
आइतवार वडा नम्बर ५ मा नेपाल महिला संघ र नेपाल दलित संघ वडा कमिटि गठन कार्यक्रममा आधा दर्जन नेकपा परित्याग गरि काँग्रेस प्रवेश गरेका छन् । उक्त कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा परित्याग गरि ६ जनाले काँग्रेस प्रवेश गरेको स्थानिय हरीश बहादुर बमले जानकारी दिए ।
काँग्रेस प्रवेश गर्नेमा प्रेमराम भूल, बिरेन्द्र टमटा, द्रोपती बडाल, कलावति डडाल, भागरती कुवँर र कर्ण बहादुर कुवँर रहेका छन् ।
नवप्रवेशीलाई गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की र नेपाल महिला संघकी अध्यक्ष शान्ति बमले टिका लगाएर स्वागत गरेका छन् । वडा सभापति दिलिप सिंह महराको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला संघ जिल्ला अध्यक्ष शान्ति बमको प्रमुख आतिथ्यता एवं दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको विशिष्ट आतिथ्यतता रहेको थियो ।
वडा नम्बर ५ मा नेपाल महिला संघ र दलित संघ गठन गरिएको छ । आइतवार जानकी डडालको अध्यक्षता १३ सदस्यीय नेपाल महिला संघ गठन गरिएको छ भने विरसिंह टमटाको अध्यक्षतामा ९ सदस्यीय दलित संघ गठन गरिएको छ ।
तपाईको प्रतिक्रिया