दार्चुला । नौगाड गाउँपालिका वडा नम्बर ३ जामिरमा ५ शैय्याको कोभिड अस्पताल निर्माण गरी सेवा सुचारु गर्ने निर्णय भएको छ ।
मंगलवार बसेको गाउँकार्यपालिकाको बैठकले जामिरमा ५ सैय्याको कोभिड —१९ अस्थायी अस्पताल निर्माण गरि सेवा सुचारु गर्ने निर्णय भएको नौगाड गाउँपालिकाका अध्यक्ष प्रेम सिंह धामीले जानकारी दिए ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस गाउँपालिकामा फैलिने सम्भावनालाई रोकथाम गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्थानीय तहमा कोभिड अस्पताल संचालन सम्बन्धि मार्गदर्शन २०७७ अनुसार वडा नम्बर ३ जामिरमा अस्थायी कोभिड अस्पताल निर्माण गरिने उहाले बताए । कोभिड अस्पताल संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न एक डाक्टर, दुई स्टाफ नर्सका लागि १५ दिने सूचना समेत आव्हान गरिएको छ । बैठक गाउँपालिका अध्यक्ष प्रेम सिंह धामीको अध्यक्षतामा बसेको हो ।
तपाईको प्रतिक्रिया