दार्चुला । दार्चुलामा नेकपा परित्याग गर्ने क्रम जारी रहेको छ ।
बुधबार मालिकार्जुन गाउँपालिका ४ मा हुनैनाथमा नेपाल तरुणदल वडा कार्य समिति पुर्नगठन कार्यक्रममा नेकपा परित्याग गरि ८ जनाले नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । उक्त कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि ८ जनाले काँग्रेस प्रवेश गरेको गाउपालिका अध्यक्ष नरेन्द्र सिह धामिले जानकारी दिए ।
काँग्रेस प्रवेश गर्नेमा राम सिह धामी, मनोज सिह धामी, दिनेश सिह धामी, मनोज सिह धामी, चित्रकार सिह धामी, मदन सिह धामी, रोहित सिह धामी र बजीर सिह धामी रहेका छन् । नवप्रवेशीलाई गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामिले टिका लगाएर स्वागत गरेका छन ।
नेपाली कांग्रेस वडा नं. ४ का सभापती गणेश बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता मदन गिरी, विशिष्ठ अतिथि मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिह धामी, एवं मालिकार्जुन गाउँपालिका सभापति किसन सिह सामन्त रहनु भएको थियो ।
आयोजित कार्यक्रममा नेपाल शिक्षक संघ डोटीका सचिव रुपेन्द्र सिह धामी, नेपाल शिक्षक संघ मालिकार्जुन गाउँपालिका अध्यक्ष राजेन्द्र सिह धामी लगायत नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । वडा नम्बर ४ मा नेपाल तरुणदल वडा कार्य समितिमा पुनरगठन गरिएको छ । बुधबार मनोज सिह धामीको अध्यक्षतामा १७ जनाको समिति गठन गरिएको छ । समितिका उपाध्यक्ष मनोज सिह धामी, सचिव जनक सिह धामी, कोषाध्यक्ष रोहित सिह धामी रहनु भएको छ ।
तपाईको प्रतिक्रिया