दार्चुला / दार्चुलाको नौगाड गाउपालिकामा नेपाली कांग्रेसले कार्यालय उदघाटन तथा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भब्य समारोहकाबीच सम्पन्न गरेको छ ।
कार्यक्रममा नौगाड गाउपालिकाका उपसभापति कलावती ठेकरेको अध्यक्षता तथा नेपाली कांग्रेस दार्चुलाका जिल्ला सभापति ललित सिंह बोहराको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस दार्चुलाका उपसभापति ललित ठगुन्ना जिल्ला समन्वय समिति प्रुमुख करबिर बहादुर कार्की नेपाली कांग्रेस का महाधिवेशन प्रतिनिधि तथा प्रभाव साली युबा नेता उमेश सिंह खत्रीको पनि उपस्थित रहेको थियो ।
नेपाल दलित संघका जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समिती सदस्य सन्तोस दयाली जिल्ला कार्यसमिति सदस्य जगत ठगुन्ना लगायत करिब ३०० जना को कार्यक्रममा उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति ललित सिंह बोहराले अब सम्पुर्ण नेपाली कांग्रेस का नेता कार्यकर्ताहरुले कम्युनिस्ट सरकारले गरेको भ्रष्टाचारका विरुद्ध लड्नु पर्ने बताए ।
सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका युबा नेता उमेर सिंह खत्रीले अब भ्रष्ट सरकारको दिन गन्ती सिरु भएको हुदा नेपाली कांग्रेसले लोकतान्त्रिक ब्यबस्था र मुल्य मान्यता को रक्षा गर्न निरन्तर लाग्नु पर्ने बताए ।
सोही कार्यक्रममा कम्युनिस्ट सरकारदेखि हैरान भएर २० जनाले नेकपा पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन ।
पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेसका जिल्ला सभापतिले पार्टीमा स्वागत गरेर सदस्यता प्रदान गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया