पर्सा । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुर ले भारतबाट भंसार छली नेपालतर्फ ल्याईरहेको अवस्थामा ९ वटा भैसी बरामद गरेको छ । सशस्त्र प्रहरी निरिक्षक किसमान तामाङको नेतृत्वमा खटेको गस्ती टोलीले गयराती पाँन्डेपुर प्रहरी चौकी नजिकैबाट सशस्त्र प्रहरी अन्दाजी २ लाख २२ हजार मुल्य बराबरको ९ वटा भैंसी बरामद गरिएको हो ।

बरामद गरेको भैसीहरुलाई आवश्यक कार्यावाहीका लागी बीरगन्ज भन्सार पठाउने तयारी भैइरहेको सशस्त्र प्रहरी निरीक्षक तामाङले बताए। त्यसै गरी हिजो सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुर का सशस्त्र प्रहरी निरिक्षक किसमान तामाङ ले हिजो लागु अौषध २० किलो चरेस बरामद गरि ईलाका प्रहरी कार्यालय पोखरिया मा बुझाएका छन ।
अहिले नया आउनु भएका सशस्त्र प्रहरी निरिक्षक तामाङ ले तस्करी रोकन तादरुकता देखाएका छन।सिमानाका मा ब्यापक कडाई का साथ निगरानी बढाएका छन।
तपाईको प्रतिक्रिया