लुम्बिनी। लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा ९एमाले० संसदीय दलका नेता लीला गिरी भएका छन् । लुम्बिनी प्रदेशमा सरकारको नतृत्वका लागि सत्ताारुढ गठबन्धन दलको समर्थनमा नेता गिरीले दाबी पेस गरका थिए ।
गिरीलाई एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनता समावादी पार्टीका तीन, स्वतन्त्र दुई, जनमत पार्टीका तीन र लोकतान्त्रिक समाजवादी पार्टीका तीन गरी ५८ प्रदेशसभा सदस्यको समर्थन रहेको थियो ।
प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरका हुन् । यसअघि मङ्गलबार अपराह्न ४ बजे प्रदेश प्रमुख कार्यालय बुटवलमा सत्तागठबन्धन दलले दाबी पेस गर्ने तयारी गरे पनि माओवादी केन्द्रले आलोपालो नेतृत्व गर्नुपर्ने अडान राखेपछि अन्तिम समयमा दाबी प्रक्रिया स्थगित गरिएको थियो ।
तपाईको प्रतिक्रिया