-सहबान अन्सारी
नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासीले पुन : भदौ १० गते राती १२ बजेको लागि निषेधाज्ञा बढाउने निर्णय गरेको छ ।
यसअघि उक्त कार्यालयले साउन ३२ गतेबाट निशेषाज्ञा जारी गरेको थियो ।जिल्ला प्रशासन कार्यालय नवलपरासीमा शनिवार जिल्ला सुरक्षा समितिको निर्णयानुसार शनिवार रातीदेखि भदौ १० गतेसम्म्का लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि जिल्लाको ७ वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको थियो । साउन ३१ गते पहिलोपटक गरिएको निशेषाज्ञा शनिवार राती १२ बजे सकिदै थियो ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि र यसको जोखिम न्यूनिकरण र रोकथामको लागि समय थप गरेको बताएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।
प्रशासनले नागरिकहरुलाई जमघट,भेटघाट,कुनै प्रकारको बैठक,समिक्षा,गोष्ठी,सेमिनार, छलफल,भेला जस्ता सामुहिक जमघट हुने कार्यहरु नगर्ने,नगराउने तथा धार्मिकस्थलहरुमा दैनिक नित्य पुजा बाहेक अन्य कुनै पनि गतिविधि संचालन नगर्ने नगराउने एवं चाडपर्वहरु आ-आफ्नै घरभित्र रही जनस्वास्थ्यका मापदण्डहरु पालना गरी गराउने निषेधाज्ञा जारी गरिएको हो ।
तपाईको प्रतिक्रिया