सुरेश परियार, रुपन्देही
रुपन्देहीको सैनामैनामा घुस लिएको भन्दै एक जनप्रतिनिधी विरुद्ध निवेदन दर्ता भएको छ । नेपाली नागरिकता बनाउनका लागी जनप्रतिनिधीले १० हजार घुस लिएको भन्दै पिडित पक्षले चैत्र १५ गते वडामा निवदेन दर्ता गराएका छन् ।
भरत प्रसाद थारुको छोरा सोम नारायण थारूको ना.प्र न.३७ —०२—७७—०५३५३ नागरिकता बनाइदिएको भन्दै सैनामैना नगरपालिका वडा न.२का वडा सदस्य वर्ष ५०का थानेश्वर गिरिले १० हजार घुस लिएको पिडित पक्ष भरत प्रसाद थारुको आरोप रहेको छ । भरत प्रसाद थारुका अनुसार नागरिकता बनाउदा २० हजार लाग्छ,जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई १० हजार दिनुपर्छ भन्ने आरोप लगाएका छन् ।
आरोपित थानेश्वर गिरिले नागरिकता बनाउदिन्छु भन्दै ललाईफकाई गरि १० हजार पिडित पक्ष भरत प्रसाद थारुबाट लिएको निवेदनमा उल्लेख छ । यो विषयमा सम्बन्धीत निकायले सत्यतथ्य छानबिन नगरी लुकाउने प्रयास भए वडा कार्यालयमा ताला लगाउने स्थानीयबासीले चेतावनी दिएका छन् ।
यता,आरोपित थानेश्वर गिरीले मैले उहाँलाई सहयोग गरेको हो,उहाँसँग मैले कुनै पनि रकम नलिएको दाबि गरेका छन् । यदि लेनदेन गरेको प्रमाण सहित आए सजायको भागदार हुने गिरिले बताएका छन् ।
नेपाली नागरिकता बनाउदा कुनै पनि शुल्क नलाग्ने नागरिता फाँटले जनाएको छ ।
तपाईको प्रतिक्रिया