- 3Shares
सुरेश परियार, रुपन्देही
नेपाली कांग्रेसले वडा कार्यालयमा ताला लगाएको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा न.२ को वडा अध्यक्षको कार्यकक्षमा आज साँझ ५:१० बजेको समयमा कांग्रेस वडा समितिले विज्ञप्ती जारि गर्दै ताला लगाएको हो ।
नागरिकता बनाइदिन्छु भन्दै सेवाग्राही भरत प्रसाद थारुबाट सैनामैना नगरपालिका वडा न.२ का वडा सदस्य वर्ष ५० का थानेश्वर गिरिले १० हजार घुस लिएको आरोप लगाउदै पिडित पक्षले चैत्र १५ गते वडा कार्यालयमा निवदेन दर्ता गराएका थिए ।
तर,दर्ता भएको निवेदनको वडा कार्यालयले अहिले सम्म कुनै सुनुवाई नगरेको भन्दै न्यायको माग गर्दै ताला लगाएको कांग्रेस वडा न.२ का सभापति तुल्सी प्रसाद घिमिरेको हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ । न्याय मार्नका लागी वडा कार्यालय नै उद्धत रहेको भन्दै दोषिलाई कडा कार्वाहि र पिडित पक्षलाई क्षतिपुर्ति सहित न्याय नपाउदा सम्म अनिश्चितकालीन ताला बन्द रहने विज्ञप्तीमा भनिएको छ ।अनिश्चितकालीन वडा कार्यालय बन्द रहदाँ जनताले सास्ती भोग्नुपर्ने बाध्यता देखिएको छ ।
“घुस तथा भ्रष्टाचार सम्बन्धी अपराधि क्रियाकलापलाई फौजदारी अभियोग मानिन्छ । फौजदारी मुद्दाको कारबाही,सुनुवाई र किनारा गर्न कानून बमोजिम अधिकार प्राप्त अदालत,न्यायिक निकाय वा अधिकारी पर्दछ ।”
“स्थानीय तहमा रहेका न्यायिक समितिले खास गरि मुलुकी देवानी सम्बन्धी मुद्धाको निरुपण गर्दछ भने फौजदारी मुद्दा अन्य अदालत,न्यायिक निकाय वा अधिकारीले फैसला गर्दछ । ५० हजार रुपैयाँसम्म घुस लिएमा एकदेखि ६ महिना सम्म कैद हुने कानुनी ब्यवस्था रहेको छ । यो पनि हेर्नुहोस- https://paharanepal.com/pradesh/province-5/9364/
तपाईको प्रतिक्रिया