धनगढी, ३१ जेठ
युवा संघ नेपाल सुदूरपश्चिम र अनेरास्ववियूले धनगढीमा प्रर्दशन गरेको छ । नेपालीहरु लाई नक्कली भुटानी बनाएर अमेरीका पठाउने गीरोहलाई कार्वाहीको माग गर्दै धनगढीमा प्रर्दशन गरीएको युवा संघ नेपालका प्रदेश अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए ।
धनगढीको पार्कमोड देखी एलएनचोक सम्म नारावाजी सहित युवाहरुको जुलुस कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै नेकपा(एकीकृत समाजवादी) कैलाली जिल्ला कमिटीका उप–सचिव दीर्घ जोशीले भ्रस्टाचारीलाई कुनैपनी बाहनामा उम्कन नदिन माग गरेका थिए । सरकारले भ्रस्टचारीलाई कार्वाहीको प्रक्रिया अघि बढाएको भन्दै जनताले साथ दिने उल्लेख गरे । यस्तै कार्यक्रमको युवा संघ नेपालका प्रदेश सचिव मोहन साउँदले सञ्चलान गरेको कार्यक्रममा अनेरास्वीयू कैलाली संयोजक रमेश वोहराले मन्तव्य राखेका थिए ।
सरकारले नेपालीहरु लाई नक्कली शरणार्थी बनाएर अमेरीका पठाउन सहयोग गरेको भन्दै तत्कालीन गृह मन्त्री बालकृष्ण खाँड, सचिव टेक नारायण पाण्डे लगाएतकालाई पक्राउ गरीसकेको छ । एमालेका सांसद टोपबहादुर रायमाझी, एमाले सरकारको पालाका गृहमन्त्री रामबहादुर थापा बादवलका छोरा प्रतिक थापा लाई पक्राउपुर्जी जारी गरे पनी प्रहरी पक्राउ गर्न सकेको छैन ।
नक्कली भुटानी प्रकरणमा नेपालका तत्कालीन प्रधानमन्त्री देखी ठुला नेताका श्रीमतीको नाम जोडीए पछि युवा संघ नेपाल लगाएतका संगठनहरु आन्दोलनमा उत्रेका छन् ।
तपाईको प्रतिक्रिया