कैलाली :
कैलाली जिल्ला धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्यनरत नेपाल विद्यार्थी संघका नेता दिल बहादुर बुढाथोकीले निशुल्क रुपमा शिक्षा प्रदान गर्दै आएका छन । गोदावरि नगरपालीका–१२ को आफ्नो गाउँरटोलमा रहेका बालबालिकाहरुले लकडाउनले गर्दा शिक्षा आर्जन गर्न नपाएको भन्दै २ महिना अगाडि देखि निशुल्क रुपमा कक्षा १–१० कक्षा सम्मका विद्यार्थीहरुलाई पढाउदै आएका छन ।
शिक्षण सिकाई क्रियाकलापलाई सहज बनाउन स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउदै पढाईलाई निरन्तरता दिईएको बुढाथोकीले जानकारी दिए । अहिले उहाहरु कैलालिको गोदावरि नगरपालिका र कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालीकाका विभिन्न बिद्यालयमा पढदै आईरहेका थिए ।
तपाईको प्रतिक्रिया