खानदानीहरुको लागि यो दुनिया बोल्छ, भएभरको सबथोक बोल्छ ।।
गरिबको एक बोल्छ, सरकारलाइ लाग्छ गल्ली बाट डरपोक बोल्छ ।।
पण्डित बा किन बेकार बहिनीको आयु लामो छ भन्दिनुभयो ।।
छोरी नरहेदेखी, पागलपनमा घर-परिवारले तपाइकै स्लोक बोल्छ ।।
डाक्टर साब, त्यो गरिब बच्चालाइ पटक्कै औषधि प्रयोग नगर्नुहोस ।।
हेर्नुस न आमाको भोकमरी बोल्छ,बच्चाको पेटको भोक बोल्छ ।।
महोदय, तपाईं आउनुहोस बलात्कार गर्नुहोस,कोहि बोल्ने छैनन ।।
मेरो पक्षमा न मान्छे बोल्छ, न सालिक बोल्छ न चोक बोल्छ ।।
म अत्याचार देखेर सहन नसकी, लाजले मर्न खोजेको मान्छे हु ।।
यमराज किन कालले पनि मेरै पालोमा रोक-तोक बोल्छ ।।
✍️सौगात शाह (बुढिगङ्गा न.पा ०५,बाजुरा)
तपाईको प्रतिक्रिया