दार्चुला । सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका क्वारेन्टाइनमा बसेकाहरूले फलफुलको बिरुवा रोपेका छन् ।
युएनडिपीको अगुवाइमा स्थानीय नागरिक समाज र क्लबहरुले जिल्लाका विद्यालयमा बनाइएका क्वारेन्टिनमा बिभिन्न प्रजातिका फलफुलको बृक्षारोपण गरेको युएनडिपिका सतिश पाण्डेयले बताए ।
सुदुरपश्चिममा रहेका २ हजार विद्यालयमा एकहजार २ सय बिरुवाहरु रोपिने पाण्डेयले बताए ।
हालसम्म कैलाली, कंचनपुर र दार्चुलामा बृक्षारोपण गरिसकेको बताउदै पाण्डेयले क्वारेन्टाइन छोडेर जादा सम्झना होस भन्नका लागी बृक्षारोपण गराइएको बताए ।
उनले भबिस्यमा विद्यार्थीहरुलाई फलफुल खान र बातावरण संरक्षण होस भन्ने उद्देश्यले बृक्षारोपण गरिएको बताए । धनगढी उपमहानगरपालिकाले समेत यहाँका विभिन्न क्वारेन्टाइनमा फलफुलको बिरुवाहरु रोपेको जनाएको छ ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले क्वारेन्टिनमा बस्दा सम्झना होस भन्नका लागी गरिएको बृक्षारोपणले वातावरण संरक्षणमा टेवा पुग्नुका साथै बिद्यालयलाई समेत राहत हुने बताए ।
तपाईको प्रतिक्रिया