वीरगंज । हिन्दू परिषद नेपालले बिश्व भरिका हिन्दूहरुको लागि साउन २१ गते ऐतिहासिक दिन रहेको जनाएको छ ।
परिषदको केन्द्रिय कमिटी सचिवालयको बैठकले सो दिन बिजय उत्सवका रूपमा मनाउन आग्रह गरेका छन् ।
बुधबार बीरगंजमा सम्पन्न भएको उक्त बैठकमा केन्द्रिय अध्यक्ष संतोष पटेल,उपाध्यक्ष बिजय गुप्ता, कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु श्रीराम उपाध्याय, सुरेश साह कानू, चित्तरंजन श्रीवास्तव, सल्लहकार सुनील गुप्ता सहभागी रहेका थिए।
बैठकले ५ अगस्त अर्थात साउन २१ गते मित्र राष्ट्र भारतको उत्तर प्रदेशस्थित अयोध्यामा हुने श्रीराम मन्दिर शिलान्यास कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै सो दिनलाई एतिहासिक दिन भएको जनाएका छन् ।
५०० वर्ष लडाइको उपलब्धि हो,राम मन्दिर निर्माणको लागि योगदान गर्ने सम्पूर्ण बीर योद्धाहरु लाई हार्दिक नमन गर्दै विश्व भरिका हिन्दूहरुको लागि ऐतिहासिक दिन भएकोले शिलान्यासको दिन भब्यताको साथ बिजय उत्सव मनाउनको लागि नेपाल,भारत सहित विश्वका सम्पूर्ण हिन्दू समाज संग परिषदले बैठकमा हार्दिक अनुरोध समेत गरेको छ ।
बैठकले काठमाडौंमा एसिड आक्रमणमा गम्भीर घाइते भएकी पवित्रा कार्कीको शीघ्र स्वस्थ्य लाभको कामना गर्दै दोषीलाई कड़ा कारवाहिको माग समेत गरेको छ । साथै कोरोना महामारीको बेला सेवा भाव कार्य गर्नु हुने हिन्दू परिषद नेपालका सम्पूर्ण साथीहरूलाई आउदो दिनमा अझ उच्च मनोबलका साथ कार्य गर्न अनुरोध गरिएको छ ।
तपाईको प्रतिक्रिया