Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

बुद्धको भुमी नेपालमा पैसाको खोलो बगाएर यसरी धर्म परिवर्तन गराउँदैछन् क्रिश्चियनहरु, बीबीसीले गर्यो डरलाग्दो खुलासा


बुद्धको भुमी नेपालमा पैसाको खोलो बगाएर यसरी धर्म परिवर्तन गराउँदैछन् क्रिश्चियनहरु, बीबीसीले गर्यो डरलाग्दो खुलासा

काठमाडौं । बुद्धको भुमी नेपालमा पैसाको खोलो बगाएर यसरी धर्म परिवर्तन गराउँदैछन् क्रिश्चियनहरु, बीबीसीले गर्यो डरलाग्दो खुलासा
काठमाडौं । हालसालै बीबीसीका केभिन किम र रेबेका हेन्स्कीले काठमाडौं र धादिङमा अनुसन्धान गरेर नेपालमा भइरहेको डरलाग्दो धर्म परिवर्तनको तथ्य बाहिर ल्याएका छन् । बीबीसीमा प्रकाशित लामो रिपोर्टअनुसार पैसाको खोलो बगाएर सोझासाझा आदिवासी जनजाति र पिछडिएको वर्गलाई निशाना बनाएर कोरियाली इसाइ धर्म प्रचारकले जबरजस्ती धर्म प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने तथ्य बाहिर आएको हो । नेपालमा जबर्जस्ती धर्म निरपेक्षता लादिएको भए पनि संविधानमा प्रलोभन दिएर धर्म परिवर्तन गर्न नपाउने व्यवस्था छ । त्यस्तो गर्नेलाई कडा सजायको व्यवस्था छ । तर यसलाई चुनौती दिँदै कोरियालीहरु पास्टरहरु खुलेयाम धर्म परिवर्तन गराउँदै हिँडेका छन् । त्यस्ता पास्टरलाई राजनीतिको आवरणमा नेपाली एजेण्टले प्रश्रय दिइरहेका छन् । एकनाथ ढकाल नेपालमा क्रिश्‍चियिनटी फैलाउने एक नम्बर एजेण्ट हुन् । तर उनलाई नेकपा एमालेले समानुपातिक सांसद बनाएर धर्म परिवर्तनलाई संरक्षण गरेको छ ।

यस्तो छ बीबीसीको रिपोर्ट:

नेपालमा मानिसलाई एकबाट अर्को धर्ममा जबरजस्ती परिवर्तन गर्न लगाउनु गैर कानुनी काम हो, तर केही धर्म प्रचारकहरू इसाई आस्था फैलाएर मुद्दा लाग्न सक्ने खतरा मोल्न समेत इच्छुक छन् ।

“येशुको जीत होस्,” हिमालको फेदमा रहेको झार्लाङ्ग गाउँमा एउटा नयाँ चर्चको उद्घाटन गर्दा एकजना कोरियाली पास्टर पाङ्ग चाङ्ग-इन्‌ले भावविभोर भएर आँसु खसाले । हालसालै धर्म परिवर्तन गरेकाहरूको त्यो समूहले आफ्नो हात उठाएर प्रार्थना गरे ।

त्यसरी धर्म परिवर्तन गर्नेहरू धेरैजसो आदिवासी तामाङ समुदायका छन् जुन समुदायले विगतमा बोन धर्म मान्ने गर्दथे । नेपालमा बोन धर्म बुद्ध धर्मको आगमनभन्दाअघिदेखि रहेको ठानिन्छ ।
पाङ्गको नजरमा तामाङ समुदाय “आर्थिक र आध्यात्मिक रूपमा गरिब” छ । “त्यसैले, एउटा चमत्कार हुन्छ र पूरै गाउँले धर्म परिवर्तन गर्छ,” उनले भने ।

धर्म प्रचारक मिसनरीहरू, धेरैजसो पाङजस्तै दक्षिण कोरियाली प्रचारकहरूले बुद्धको जन्मभूमि र पूर्व हिन्दू अधिराज्य नेपालमा विश्वमै सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको इसाई समुदाय निर्माण गर्न मद्दत गरेका छन् ।

नेपालमा इसाई धर्मावलम्बीहरूको तीव्र गतिमा बढिरहेको सङ्ख्यामा मुख्यतः परम्परागत हिन्दू वर्णाश्रम जात व्यवस्थामा पुछारमा पारिएका दलित भनिने समुदायका मानिसहरू वा आदिवासी जनजाति समुदायका मानिसहरू छन् । पाङ्गले भने जस्तै उनीहरूले चमत्कारमा विश्वास गरेका पनि हुन सक्छन्, तर धर्म परिवर्तन गरेपछि त्यसले उनीहरूलाई चरम गरिबी र भेदभावको अवस्थाबाट छुटकारा पाउने मौका पनि प्रदान गर्दछ ।

इसाई धर्म प्रचारकको रूपमा नेपालमा बिताएको दुई दशक लामो समयमा पाङ्गले आफ्नो रेखदेखमा झन्डै ७० वटा चर्चहरू स्थापना गरेका छन् । त्यसरी बनेका धेरैजसो चर्चहरू राजधानी काठमाण्डूबाट दुई घण्टाजति टाढा उत्तर पश्चिममा अवस्थित धादिङ जिल्लामा रहेका छन् । उनका अनुसार जग्गा त्यहाँको समुदायले दिन्छ भने कोरियाली चर्चहरूले निर्माण कार्यका लागि पैसा दिएर मद्दत गर्छन् । पाङ्ग दाबी गर्छन्, “झन्डै सबैजसो पहाडी उपत्यकाहरूमा चर्चहरू बनिरहेका छन् ।”

त्यो केही बढाइचढाइ गरेर गरिएको दाबी हुनसक्छ तर हालैका वर्षहरूमा नेपालभरि चर्चहरूको सङ्ख्यामा ठूलो वृद्धि भएकोमा कुनै शङ्का छैन । इसाई समुदायको राष्ट्रिय सर्वेक्षणको पछिल्लो तथ्याङ्कले अझै पनि उल्लेख्य रूपमा बहुसङ्ख्यक हिन्दूहरू रहेको नेपालमा ७,७५८ चर्चहरू रहेको देखाएको छ । र यस्तो रूपान्तरणका पछाडि धेरै हदसम्म दक्षिण कोरियाली धर्म प्रचारकहरूको हात रहेको छ । केही दशकअघि मात्रै धर्म प्रचारकहरू विदेशमा खटाउन सुरु गरेको भए पनि दक्षिण कोरिया अहिले इसाई धर्म प्रचारकहरू परिचालन गर्ने विश्वकै सबैभन्दा ठूला देशहरू मध्येमा एक बन्न पुगेको छ ।

कोरियाली वर्ल्ड मिसन एसोसिएशनका अनुसार कोरियाका त्यस्ता २२ हजारभन्दा बढी इसाई धर्म प्रचारकहरू देशबाहिर रहेका छन् । धर्म परिवर्तन गरेर आफूले पुनर्जन्म प्राप्त गरेको भन्ने उत्साहबाट प्रेरित कोरियाली धर्म प्रचारक, मिसनरी, हरू धर्म परिवर्तनका निम्ति निकै गाह्रो ठानिँदै आएका संसारका विभिन्न स्थानहरूमा समेत आक्रामक रूपमा प्रवेश गर्नेहरू भनी परिचित हुन थालेका छन् जुन क्रममा कतिपय स्थानबाट तिनीहरूलाई निष्कासन समेत गर्ने गरिएको छ ।

नेपाल अहिले धर्म निरपेक्ष राज्य हो, र सन् २०१५ मा बनेको संविधानले धार्मिक स्वतन्त्रताको प्रत्याभूति दिएको छ । यद्यपि सन् २०१८ मा लागु गरिएको धर्म परिवर्तन गराउने विरुद्धको कानुनले कसैलाई उसको धार्मिक आस्था परिवर्तन गर्न प्रोत्साहन गरेको अभियोगमा दोषी ठहर हुनेलाई पाँच वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था गरेको छ ।

“धर्म परिवर्तन गराउने विरुद्धको कानुनका कारण हामी सधैँ चिन्ता र त्रासमा काम गरिरहेका हुन्छौँ ,” पाङ्गकी श्रीमती ली जियोङ्ग-हीले भनिन् । “तर यो डरका कारण हामी इसाई धर्मको उपदेश फैलाउन रोक्न सक्दैनौँ । हामी आत्माहरूको उद्धार गर्ने कार्यलाई रोक्ने छैनौँ ।”

यी दम्पती पहिला ब्याङ्कमा काम गर्थे । ” पहिले मेरा श्रीमान्‌ले नै ईश्वरको आदेश प्राप्त गर्नु भएको हो र त्यसको छोटो समयपछि ईश्वरले हामीलाई नेपालतर्फ जाने बाटोमा पठाइदिनुभयो,” ली जियोङ्ग-हीले भनिन् ।

उनीहरू सन् २००३ मा पहिलो पटक नेपाल आउँदा नेपालमा हिन्दू शाही परिवार गद्दीनसीन नै थियो । “यहाँ थुप्रै मूर्तिहरूको पूजा भइरहेको देखेर स्तब्ध भएको थिएँ,” पाङ्ग भन्छन् । “मलाई लाग्यो नेपालमा येशुको उपदेशको एकदमै चर्को आवश्यकता छ ।” उनीहरू आएको पाँच वर्षपछि नेपालमा २४० वर्ष पुरानो राजतन्त्र ढल्यो । एक दशक लामो सशस्त्र द्वन्द्वको अन्त्य गर्दै माओवादी विद्रोहीहरूले हतियार बिसाए र उनीहरू सरकारमा आए ।

त्यसको केही अघि मात्रै नेपालको संसद्‌ले देशलाई धर्म निरपेक्ष घोषणा गरिसकेको थियो । “यसले मिसनरी कामका लागि स्वर्ण युगको थालनी गर्‍यो,” पाङ्ग भन्छन् ।
हामीले केही हप्ता कोरियाली प्रचारक समुदायसँग समय बितायौँ । त्यस क्रममा हामीसँग खुला रूपमा बोल्न इच्छा देखाउने पाङ्ग र उनकी पत्नी मात्रै थिए । “परमेश्वरले नेपालमा के गरिरहेका छन् भन्ने कुरा अरूलाई सुनाउन म खुला छु,” पाङ्गले भने ।

आफूहरूको कामले कानुनको उल्लङ्घन गरेको भन्ने उनलाई लाग्दैन किनभने उनको मनमा उनीहरूले खुला रूपमा धर्म परिवर्तन गराएको वा बाप्टाइज गराएको भन्ने लाग्दैन । “हामीले गरिरहेको धर्म प्रचारको काम केवल हामीबारे मात्रै होइन । परमेश्वरले यो काम गरिरहेका छन् । नेपालमा चमत्कारहरू गर्न कसरी परमेश्वरले हाम्रो माध्यमबाट काम गर्छन् भनेर हामीलाई देखाउन मन छ,” उनले भने ।

नेपालमा इसाई समुदाय देशको कुल जनसङ्ख्याको दुई प्रतिशतभन्दा कम छ र पछिल्लो जनगणनाको तथ्याङ्कले त्यस्तो सङ्ख्यामा वृद्धि भइरहेको देखाउँछ । सोही तथ्याङ्कका अनुसार नेपालमा हिन्दू करिब ८० प्रतिशत छन् भने बौद्धमार्गी करिब ९ प्रतिशत छन् ।

सन् १९५१ को तथ्याङ्कमा नेपालमा इसाई धर्मावलम्बी एकजना पनि थिएनन् भने सन् १९६१ मा त्यस्तो सङ्ख्या जम्मा ४५८ जनाको थियो । तर सन् २०११ सम्ममा आइपुग्दा त्यो करिब ३ लाख ७६ हजार पुग्यो भने अहिले त्यो सङ्ख्या करिब ५ लाख ४५ हजार रहेको पछिल्लो जनगणनाले अनुमान गरेको छ ।

“यो जङ्गलमा डढेलो जसरी फैलिरहेको छ । हाम्रो सांस्कृतिक पहिचान धरापमा परेको छ। राष्ट्रिय एकताको सूत्र दाउमा छ,” नेपालका एकजना पूर्व उपप्रधानमन्त्री कमल थापाले दाबी गरेका छन् ।

उनी कोरियाली धर्म प्रचारको कामलाई “देशको सांस्कृतिक पहिचानमाथिको सङ्गठित हमला” को रूपमा हेर्छन् । “मिसनरीहरूले पर्दापछाडि बसेर काम गरिरहेका छन् र गरिब र सिधासादा मानिसहरूलाई शोषण गरिरहेका छन् अनि इसाई धर्ममा परिवर्तित हुन प्रोत्साहन गरिरहेका छन् । यो धार्मिक स्वतन्त्रताको अवस्था होइन । यो धर्मको नाममा गरिएको शोषण हो,” उनले भने ।
उनले नेपाल पुनः हिन्दू राष्ट्र हुनुपर्ने वकालत गर्दै आएका छन् । उनले धर्म परिवर्तन विरोधी कानुनको पनि समर्थन गरेका थिए र उनी उक्त कानुन कार्यान्वयनमा भएको हेर्न चाहन्छन् ।

हाल उक्त कानुन अन्तर्गत मुद्दा लागेकाहरू इसाईहरूमात्रै छन् तर अहिलेसम्म कोही पनि दोषी ठहर भएका छैनन् । त्यस्ता मुद्दाहरू या त प्रमाणको अभावका कारण फिर्ता भएका छन् वा पुनरावेदनमा जाँदा अभियुक्तहरूले सफाइ पाएका छन् ।

नेपाल इसाई समाजका अनुसार अहिले त्यस्ता प्रकार ५ वटा मुद्दाहरू अदालतमा विचाराधीन छन् । दुई महिलासहित चार कोरियालीविरुद्धको मुद्दा गत डिसेम्बरमा फिर्ता भएको थियो
नेपाल क्रिस्चियन सोसाइटीका प्रमुख पास्टर डिल्लीराम पौडेल त्यस्तो कानुनअन्तर्गत सोधपुछ गरिएकामध्ये पहिला व्यक्तिहरूमा पर्दछन् । सन् २०१८ को अप्रिलमा उनीमाथि धर्म परिवर्तन गर्न उनले मानिसहरूलाई पैसा दिएको भनी आरोप लागेको थियो । तर उनले त्यसलाई अस्वीकार गर्छन् । उनी विरुद्धको आरोप पछि फिर्ता लिइयो । “हामीमाथि मानिसहरूलाई धर्म परिवर्तन गराएको आरोप लाग्छ, तर त्यस्तो शक्ति हाम्रो हातमा हुँदैन,” उनले भने ।

“यदि हुन्थ्यो भने मैले मेरी आमाको धर्म परिवर्तन गराउन सक्ने थिएँ । उहाँ अहिले ९२ वर्षकी हुनुभयो, म उहाँलाई पैसा दिन सक्छु । म उहाँका लागि प्रार्थना गर्नसक्छु तर उहाँको धर्म परिवर्तन गराउन सक्दिनँ किनभने त्यो त जीससबाटै आउनुपर्ने हो ।” उनी कट्टर हिन्दु परिवारका हुन् र “२१ पुस्तादेखि” उनको बाबुबाजे हिन्दू पण्डित थिए । उनी २०/२२ वर्षको हुँदा पढ्नका लागि दक्षिण कोरिया गएका थिए र त्यहीँ उनी इसाई धर्मको चपेटामा परे ।

प्रत्येक वर्ष करिब दुई हजार नेपाली विद्यार्थी पढ्नका लागि कोरियामा जाने गर्छन् । नेपालमा रहेका एक कोरियाली प्रचारक (जसले नाम उल्लेख नगर्ने गर्ने सर्तमा बोलेका थिए) भन्छन् तिनीहरू कोरियास्थित स्थानीय चर्चहरूसँग सम्पर्क गर्ने प्रयास गर्छन् । “नेपालमा इसाई धर्मको प्रचार गर्ने काम निकै चुनौतीपूर्ण छ। त्यसैले हामीसँग वैकल्पिक तरिकाहरू छन्,” उनले भने । “हाम्रो उद्देश्य भनेको धेरै भन्दा धेरै आत्माहरूलाई परिवर्तन गर्न सक्नु हो । युवा हुँदा हिन्दु पुजारी रहेका डिल्ली राम पौडेल त परिवर्तन हुनसके भने हामीले गर्न सक्छौँ, त्यसैले यो काम हामीले गोप्य रूपमा रहेरै गर्नुपर्छ ।”

पाङ्ग र उनकी पत्नीले काठमाण्डूमा सेमिनरी (धर्मबारे पढाइ हुने स्थान) विद्यालय चलाउँछन् । त्यहाँ करिब ५० विद्यार्थीहरू अहिले अध्ययनरत छन् । उनीहरूको शिक्षा, खानपिन र बसोबासको धेरैजसो खर्च कोरियाली चर्चका दाताहरूले नै बेहोर्छन् । उनीहरूका विद्यार्थीमध्ये एक २२ वर्षीय सपना तामाङ पनि हुन् जो दुर्गम सिनगांगको तामाङ गाउँकी हुन् । उनले भनिन्, “मेरो बुवा चर्च जानेहरूलाई घृणा गर्नुहुन्थ्यो किनभने आफ्नो परम्परा बिर्सन हुँदैन भन्नेमा उहाँ विश्वास गर्नुहुन्थ्यो ।”

उनले इसाई धर्मबारे आफ्ना काकाबाट थाहा पाएकी हुन् जुनबेला उनी अत्यन्तै बिरामी थिइन् । उनले आफू इसाई भएपछि आफ्नो रोग सन्चो भएको दाबी गरिन् । “म येशुका लागि बाँच्न चाहन्थेँ। अन्तत: कसले मलाई माया गर्दो रहेछ भन्ने मैले थाहा पाएँ,” उनले भनिन् । उनको जस्तो दुर्गम गाउँहरू पाङ्गजस्ता कोरियाली प्रचारकका लागि नयाँ मोर्चाहरू हुन् । “सहरमा धर्म परिवर्तन गराउने विरुद्धको कानुनबारे सबैलाई थाहा हुन्छ । सहरभन्दा टाढा भने कमैको ध्यान पुगिरहेको हुन्छ,” पाङ्गले भने ।

सपनाले गत वर्ष सेमिनरीको पढाइ पूरा गरिन् । अब उनको योजना पहाडमा रहेको आफ्नो गाउँमा फर्किने र “बिस्तारै युवाहरूलाई चर्चको हिस्सा बनाउने” रहेको छ । येशुको उपदेश फैलाउँदा त्यसको “विद्यमान धर्म र संस्कृतिसँग द्वन्द्व हुने” पास्टर पाङ्ग चाङ्ग-इन् स्विकार्छन् । तर उनको विचारमा ” त्यस्तो खाले सांस्कृतिक झट्का त हुन्छ हुन्छ जुन टारेर टर्दैन ।”

तपाईको प्रतिक्रिया

Related Posts

अछामी सेवा समाज बाँकेका अध्यक्ष खड्काद्धारा १२ हजारको चेक हस्तान्तण
अर्थ/वाणीज्य

अछामी सेवा समाज बाँकेका अध्यक्ष खड्काद्धारा १२ हजारको चेक हस्तान्तण

2 months ago
यौनजन्य गतिविधिको आरोपमा भैरवनाथ मन्दिरका मूल पुजारी निलम्बित
धर्म/सांस्कृति

यौनजन्य गतिविधिको आरोपमा भैरवनाथ मन्दिरका मूल पुजारी निलम्बित

3 months ago
‘पशुपतिको दानपेटिकाबाटै चोरिन्छ भेटी’
धर्म/सांस्कृति

‘पशुपतिको दानपेटिकाबाटै चोरिन्छ भेटी’

3 months ago
चिनियाँ विहारमा प्रचण्ड किन छिरेनन् मायादेवी मन्दिर ।
धर्म/सांस्कृति

चिनियाँ विहारमा प्रचण्ड किन छिरेनन् मायादेवी मन्दिर ।

5 months ago
नेपाललाई हिन्दू राष्ट्रका कस्सिए शशांक कोइराला, पैसाको खोलो बगाइरहेका क्रिश्चियनहरुको सातो गयो
धर्म/सांस्कृति

नेपाललाई हिन्दू राष्ट्रका कस्सिए शशांक कोइराला, पैसाको खोलो बगाइरहेका क्रिश्चियनहरुको सातो गयो

7 months ago
सीताविना अयोध्या अधुरो छ, नेपाल हाउस बनाउँछौं : मुख्यमन्त्री आदित्यनाथ
अन्तराष्ट्रिय

सीताविना अयोध्या अधुरो छ, नेपाल हाउस बनाउँछौं : मुख्यमन्त्री आदित्यनाथ

8 months ago

ताजा समाचार

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

24 hours ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि