—लोकनारायण सुबेदी
नेपाललाई चाड पर्बै चाड पर्वको देश भनेर पनि भन्ने गरिन्छ । कतिपय नेपाली समुदायको त प्रायः दिन दिनै कुनै न कुनै चाड पर्व परिरहेकै पाइन्छ । कतिपय अपवादलाई छाडेर ती चाड पर्वहरु प्रायः सबै कुनै न कुनै देबी देबता र राक्षस या भूतप्रेतसँग सम्वन्धित अर्थात जोडिएका हुन्छन् । अनि प्रचीन समयदेखि तिनको अभ्यास कुन सन्दर्भमा के कसरी र किन हुँदै आयो भन्ने कुराको सोधखोज र बोध नगरी प्रायः चलिआएको परम्पराको रुपमा तिनको पालना गर्ने प्रचलन रहँदै आएको देखिन्छ । ती सबै चाड पर्बहरुले तत्कालीन अर्थ–सामाजिक यथार्थको प्रतिबिम्बन गरेका हुन्छन् र समय क्रममा अरु सामाजिक गतिबिधिहरु जस्तै ती पनि बद्लिदै गएका र पुरानो मान्यता र सान्दर्भिकता पनि गुमाइसकेका या गुमाइरहेका हुन्छन् । यस्ता चाड पर्वहरुले समाज, समुदाय र परिवारका मानिसहरुलाई एक आपसमा जोडिराख्ने र तिनका बीच एकता कायम गर्ने काम पनि गरिराखेका हुन्छन् । त्यसै आधारमा तिनको निरन्तरता र सम सामयिकता पनि देखापर्ने गर्दछ । तर तीमध्येका कतिपय चाड पर्वहरु भने रुढीबुढी र अन्धबिश्वासका आधारमा मात्र मनाइने गरेको समेत पाइन्छ र तिनले सान्दर्भिकता गुमाइसकेको भए पनि धान्नका लागि मात्र अन्ध मान्यताका आधारमा तिनको परिपालना हुने गरेको देखिन्छ ।
मान्दै आएको नाममा अन्ध किसिमले तिनलाई दोहोर्याइ राख्नु आजको बिज्ञान र प्रबिधिले अभूतपूर्व र अकल्पनीय बिकास गरेको युगमा समय सुहाउदो र शोभनीय कुरा हुँदैन नै । यद्यपि तिनमा कुनै सार्थक र सामयिक पक्ष रहेको र समाज तथा समयोपयोगी छन् भने तिनलाई बढावा दिदै र परिमार्जित गर्दै अनि अन्ध अबैज्ञानिक र अर्थहीन कर्मकाण्डीय पक्षलाई तिलाञ्जली दिदै जानु पर्दछ । असामयिक र बद्लिदो सामाजिक परिवेश नसुहाउँदो कुरालाई जबर्जस्ती तानिराख्नुले त्यो परिवार, समाज र राष्ट्रकै लागि बोझ बनेर रहन्छ । यस कुरामा भने ध्यान दिनै पर्दछ ।
त्यसैले पुरानो समयदेखि चल्दै आएका चाड पर्वहरुको उपादेयता र प्रयोजनीयता आज के कस्तो रहेको छ ? तिनले समाजलाई अघि बढाउन र अग्रगति दिन सहयोग पुर्याएका छन् कि गतिहीनता पैदा गरेर अबरोध बनेका छन्, त्यो भने बस्तुगत आधारमा हेर्नु, बिश्लेषण गर्नु र निष्कर्श निकाल्नु पर्ने हुन्छ । मान्दै आएको नाममा अन्ध किसिमले तिनलाई दोहोर्याइ राख्नु आजको बिज्ञान र प्रबिधिले अभूतपूर्व र अकल्पनीय बिकास गरेको युगमा समय सुहाउदो र शोभनीय कुरा हुँदैन नै । यद्यपि तिनमा कुनै सार्थक र सामयिक पक्ष रहेको र समाज तथा समयोपयोगी छन् भने तिनलाई बढावा दिदै र परिमार्जित गर्दै अनि अन्ध अबैज्ञानिक र अर्थहीन कर्मकाण्डीय पक्षलाई तिलाञ्जली दिदै जानु पर्दछ । असामयिक र बद्लिदो सामाजिक परिवेश नसुहाउँदो कुरालाई जबर्जस्ती तानिराख्नुले त्यो परिवार, समाज र राष्ट्रकै लागि बोझ बनेर रहन्छ । यस कुरामा भने ध्यान दिनै पर्दछ ।
कुनै पनि आधारमा चाड पर्वको नाममा जनतालाई बिभाजन गर्ने, परस्पर लडाउने र त्यसबाट कुनै पक्षले फाइदा उठाउने र त्यस प्रकारको काम गर्ने स्थिति रहन र त्यसलाई बढावा बिल्कुलै दिइनु हुन्न ।
निश्चय नै चाडपर्वहरुलाई सामाजिक समरसता, सद्भाव र सहीष्णुता फैलाउनका लागि उपयोग गर्न सके हाम्रा बहुसाँस्कृतिक, बहुधार्मिक र बहुजातिय समाजलाई सही दिशा दिन र अघि बढाउन मद्दत मिल्न सक्दछ । यस्ता चाड पर्वहरुलाई बिभेद, बैमनस्यता र बहिष्करणको माध्यम र असमानता पैदा गर्ने आधार कदापि र कीमार्थ बनाइनु र बन्न दिइनु हुँदैन । यो आज ज्वलन्तरुपमा बोध गर्नु पर्ने र ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा हो । किनभने कुनै पनि आधारमा चाड पर्वको नाममा जनतालाई बिभाजन गर्ने, परस्पर लडाउने र त्यसबाट कुनै पक्षले फाइदा उठाउने र त्यस प्रकारको काम गर्ने स्थिति रहन र त्यसलाई बढावा बिल्कुलै दिइनु हुन्न ।
समाजका सीमित सम्पन्नशालीहरुको लागि चाडपर्वहरु ‘स्वान्त सुखाय’ र बहुसंख्यकहरुका लागि ‘बोझ प्रदाय’ जस्तो बनेर गए । त्यसैले एकथरीका लागि यी तडक भडक प्रदर्शन गर्ने साइतको रुपमा देखापर्न थाले भने अर्कोथरीका निम्ति ऋणको बोझ थपिने कुसाइत जस्तो पनि बन्न थाले । अनि हुने खानेहरुले बिपन्नहरुलाई ‘तिमीहरु तडक भडक नगर, घाँटी हेरेर हाड निल’ भन्ने खालका अर्ति उपदेश दिन पनि थाले । यो बिषमताकै बोझ हो भन्ने कुरा प्रष्ट छ ।
मानब समाज प्रकृति पूजक हुदै देबदेबी पूजकसम्म आइ पुगेको छ । यसलाई इतिहासदेखि अहिलेम्म सर्सरी हेर्दा सामान्यतः यस्तै देखिन्छ । तर काल क्रममा चाड पर्बलाई पनि सत्ता र शक्तिको साधनकोरुपमा प्रयोग गरिन थाले पछि यसमा बिकृति र बिसंगतिहरु सच्चिने सुध्रिने भन्दा पनि तिनमा बिकृति र बिसंगतिहरु बढ्दै गए । फलतः चाडवाड एकथरी हुनेखानेहरुको रमाईलो र अर्कोथरी हुँदाखानेहरुको बाध्यताकोरुपमा देखापर्न थाले । समाजका सीमित सम्पन्नशालीहरुको लागि चाडपर्वहरु ‘स्वान्त सुखाय’ र बहुसंख्यकहरुका लागि ‘बोझ प्रदाय’ जस्तो बनेर गए । त्यसैले एकथरीका लागि यी तडक भडक प्रदर्शन गर्ने साइतको रुपमा देखापर्न थाले भने अर्कोथरीका निम्ति ऋणको बोझ थपिने कुसाइत जस्तो पनि बन्न थाले । अनि हुने खानेहरुले बिपन्नहरुलाई ‘तिमीहरु तडक भडक नगर, घाँटी हेरेर हाड निल’ भन्ने खालका अर्ति उपदेश दिन पनि थाले । यो बिषमताकै बोझ हो भन्ने कुरा प्रष्ट छ ।
यसैले, आजको युगमा चाडपर्वहरुलाई पनि समानता, न्याय र सुख सम्बृद्धिको बिकास र बिस्तारसँग सँगसँगै गाँसेर लैजानुपर्ने आबश्यकता र औचित्यता पनि छ । किनभने हाम्रा चाडपर्वहरु खाश खाश अर्थ– सामाजिक परिस्थितिकै उपज हुन् र अर्थ–सामाजिक स्थितिमा परिबर्तन आएसँगै ती चाड पर्वहरुमा पनि परिवर्तन आउनु र ल्याइनु पर्दछ ।
यसर्थ चाड पर्बहरुका त्याज्य पक्षलाई एकातिर तिलाञ्जली दिनु उचित हुन्छ भने अर्कोतिर तिनका सामाजिक समरसता,एकता र सद्भाव तथा सहिष्णुताका पक्षहरुलाई निरन्तरता दिनुपर्ने र सम्हालेर समाजमा कायम राख्नुपर्ने आवश्यकता पनि छ र हुन्छ । यसैले, आजको युगमा चाडपर्वहरुलाई पनि समानता, न्याय र सुख सम्बृद्धिको बिकास र बिस्तारसँग सँगसँगै गाँसेर लैजानुपर्ने आबश्यकता र औचित्यता पनि छ । किनभने हाम्रा चाडपर्वहरु खाश खाश अर्थ– सामाजिक परिस्थितिकै उपज हुन् र अर्थ–सामाजिक स्थितिमा परिबर्तन आएसँगै ती चाड पर्वहरुमा पनि परिवर्तन आउनु र ल्याइनु पर्दछ नै । चाड पर्ब, जात्रा, मेला आदिलाई समाजिक र राष्ट्रिय हितमा के कसरी प्रयुक्त गर्न र समाजोपयगी तुल्याउन सकिन्छ त्यतातिर ध्यान केन्द्रित गरिनु पर्दछ । चलिआएको चलन भनेर बाञ्छित अबाञ्छित सबै कुरालाई शिरोपर गर्ने मनोबृत्तिबाट समाज र राष्ट्रलाई मुक्त गर्दै पर्दछ । यही नै आजको बद्लिदो परिस्थतिले औंल्याएको आवश्यकता हो ।
यी साँस्कृतिक सामाजिक कुराहरु अपरिबर्तनीय जड कुरा होइनन् र हुन सक्तैनन् । यी प्राकृतिका आधारभूत नियमहरु जस्ता मानिसले परिबर्तन गर्न नमिल्ने र नसकिने कुरा पनि होइनन् । यी मानिसले नै अनुभवका आधारमा चलाउदै आएका कुरा हुन् र तिनलाई मानिसले नै बदल्न र आजको समयानुकूल बनाउन या फेर्न सक्तछन् ।
त्यसैले हामी नेपालीहरुका सबै चाड पर्ब जात्रा मेला आदिलाई पनि यसै परिप्रेक्षबाट हेरिनु र समयको माग अनुसार परिमार्जित गर्नु या परिबर्तन गर्नु आबश्यक हुन्छ । चाड पर्बहरुका अर्थ–राजनैतिक तथा सामाजिक–साँस्कृतिक बस्तुगत आधारहरु हिजो के थिए र आज के रहेका छन् तिनलाई ख्याल गरेर चल्नु पर्ने हुन्छ । किनभने यी साँस्कृतिक सामाजिक कुराहरु अपरिबर्तनीय जड कुरा होइनन् र हुन सक्तैनन् । यी प्राकृतिका आधारभूत नियमहरु जस्ता मानिसले परिबर्तन गर्न नमिल्ने र नसकिने कुरा पनि होइनन् । यी मानिसले नै अनुभवका आधारमा चलाउदै आएका कुरा हुन् र तिनलाई मानिसले नै बदल्न र आजको समयानुकूल बनाउन या फेर्न सक्तछन् । यसैले चाडपर्बको आधारमा अन्तरद्वन्द्व चर्काउने भन्दा तिनको सबल पक्षलाई ग्रहण गर्ने र दुर्बल पक्षलाई परित्याग गर्ने अनुकूल बातावरण बनाउँदा नै देश र जनताको हित हुने कुरामा खाशै मथिंगल खियाउनु पर्ने देखिदैन ।
तपाईको प्रतिक्रिया