काठमाडौं । हिन्दुराष्ट्रको लागि धार्मिक गुरुहरुले आन्दोलनको तयारी गर्दै।
देशलाई सनातन हिन्दु राष्ट्र बनाउनु विभिन्न समयमा आन्दोलन भए तर अहिले सम्मका आन्दोलनहरुले देशलाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाउन सकेन। अब फेरि देशलाई धर्मसापेक्ष हिन्दुराष्ट्र बनाउन देशका अग्रपंक्तिमा रहेका धार्मिक गुरुहरु एकजुट भएर आन्दोलनको तयारीमा जुट्न थालेका छन् ।

जस्को सुरुआत आज काठमाडौंमा देशका विभिन्न मठाधिश,पिठाधिस,संघ(संस्थाका प्रमुख,धार्मिक अभियानताहरुको बैठक बसेर गरेका छन। बैठकमा देशभरी छरिएर रहेका विभिन्न सम्प्रदायका अभियानता,धार्मिक गुरु,संघ(संस्थाहरुलाई एकजुट गरेर आन्दोलन गर्ने सो आन्दोलन बाट देशलाई धर्म मान्ने अर्थात धर्मसापेक्ष बनाउने विषयमा छलफल भएको छ।
तपाईको प्रतिक्रिया