काठमाडौं । सर्वोच्च अदालतको आदेश उल्लंघन गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रमा इसाइ (क्रिस्चियन) धर्मावलम्बीको शव गाड्ने र पक्की चिहान बनाउने क्रम बढेको छ ।सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर क्षेत्रमा इसाइ धर्मालम्बीको शव गाडिएकोप्रति सनातन धर्म महासंघ नेपालले गम्भीर आपत्ति जनाएको छ ।
क्रिस्चियन धर्मावलम्बीको काम गैरकानूनी र अवाञ्छित भएको महासंघका महासचिव अभिषेक जोशीले आईतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । सर्वोच्च अदालतको विक्रम संवत् २०६८ जेठ १ गतेको परमादेश अनुसार पशुपतिनाथको वन क्षेत्रमा क्रिस्चियन धर्मावलम्बीलाई शव गाड्न निषेध गरिएको भएपनि क्रिस्चियनले अवैध रूपमा पशुपतिनाथ क्षेत्र कब्जा गर्न थालेका छन् ।
महासंघले चैत २६ गते श्लेषमान्तक वन निरीक्षण गर्दा इसाइ धर्मावलम्बीद्वारा निर्माण गरिएका नयाँ पक्की चिहान फेला परेको महासचिव जोशीले जानकारी दिए । यसबारे सरोकार भएका निकायको ध्यानाकर्षण गराइएको महासंघले जनाएको छ ।सर्वोच्च अदालतको आदेश, पशुपति क्षेत्र विकास कोष ऐन २०४४ तथा नेपालको संविधानको उल्लंघन भइरहँदा पशुपति क्षेत्र विकास कोषलाई त्यस्ता गतिविधिबारे जानकारी छ/छैन भनी महासचिव जोशीले प्रश्न गरेका छन् ।
श्लेषमान्तक वनको संरक्षण, संवद्र्धन तथा सरसफाई पनि हुन नसकेको निरीक्षणका क्रममा देखिएको जोशीले बताए । वनमा खुलेआम दिसापिसाब, अनैतिक क्रियाकलाप, प्लाष्टिकजन्य फोहर, बेवारिसे शव, रक्सीका बोतल फेला परेका छन् । पशुपतिनाथ जस्तो धार्मिकस्थल सबै प्रकारले सुरक्षित, मर्यादित र सफासुग्घर हुनुपर्ने महासंघको माग रहेको छ । मिडिया डबलिमा प्रकसित समाचार
तपाईको प्रतिक्रिया