मुकेश विक
भजनी, १२
समावेशी तथा गुणस्तरिय शिक्षा तथा नेपाल रिड्स परियोजनाहरूको परियोजना प्रारम्भिक गोष्ठी भजनी नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। वर्ल्ड भिजन इन्टरनेसनल को आर्थिक सहयोग तथा बिकाशका लागि युुवा ऐक्यबद्धता ९यार्ड० धनगढीको आयोजनामा दुवै परियोजनाहरूको बारेमा संक्षिप्त जानकारी गराइएको थियो । परियोजनाहरूको बारेमा स्थानीय सरोकारवालाहरूलाइ जानकारी गराउने र परियोजना संचालनमा हातेमालो गरी अगाढी बढने उद्द्ेश्यले आयोजना गरिएको कार्यक्रम यार्ड संस्थाका अध्यक्षा वंशीराम चौधरी ९स्माइल० को अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख प्रशासकिय अधिकृत नोखिराम ओलीको प्रमुख आतिथ्ययमा संचालन भउको उक्त कार्यक्रम परियोजना संयोजक महेन्द्र शाहीले संचालन गर्नुभएको थियो । गोष्ठीमा नगरपालिका वडा अध्यक्षहरु , शिक्षा अधिकृत, महिला तथा बालबालिका शाखा प्रमुख, प्रसासन तथा गैर सरकारी संघ(संस्था समन्वय शाखा प्रमुख, परियोजना संचालन हुने विद्यालयका प्रधानध्यापक लगायत विभिन्न संघ सस्था का प्रतिनिधिहरूको सहभागिता थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वलिले डिजिटल माध्यमबाट सिकाइ क्रियाकलाप गर्दा थप प्रभावकारी हनुका साथै यस क्षेत्रको शैक्षिक विकासमा ठुलो सहयोग पुग्ने र परियोजनाको दिगोपनाका लागि कार्यक्रममा शिक्षकहरूलाइ समेत जोडेर लैजान सुझाव दिनुभएको थियो । यसका साथै परियोजना क्रियाकलापहरू संचालन गर्दा नगरपालिकाको सम्बन्धित शाखालाइ जानकारी गराउन सुझाव दिनुभएको थियो । यस संगै यार्ड संस्थाले संचालन गर्ने उक्त परियोजनाहरूलाइ नगरपालिकाले स्वीकृति प्रदान गरेको छ ।
तपाईको प्रतिक्रिया