दीपक रावल,
कोहलपुर, साउन २०,
जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ४ मा गएको पहिरोले वडाका केही घरहरु जोखिममा परेका छन् ।
शुक्रबार राति आएको वर्षाका कारण वडाको पाटामा पहिरो गएको हो । पहिरो जादा तीनवटा घर उच्च जोखिममा परेको वडाध्यक्ष बद्रि पन्तले बताएका छन् । बर्षाका कारण ठुलो पहिरो गएपछी तीन वटा घर पहिरोको जोखिममा परेको वडाध्यक्ष पन्तले बताए । बस्ती जोखिममा परेसँगै त्यस क्षेत्रका स्थानीय समस्यामा परेका छन ।
पहिरोले खेतीयोग्य जमिन बालीसहित बगाएको छ । पहिरोको जोखिम बढाएको भन्दै वडा कार्यालयले सतर्क रहन सबैमा आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया