धनगढी, १६ भदौं
सुदूरपश्चिम प्रदेश सरकारका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य दीर्घ सोडारीले देउडा लगाएतको लोक सस्कृतिलाई पुस्तान्तरण गरेर जगर्नेना गुर्नु पर्ने बताएका छन् । धननगढीमा आयोजीत गौरा महोत्स तथा देउडा प्रतियोगिताको समापन समारोह लाई सम्बोधन गर्दै सोडारीले भने –काली कर्णलीको पहिचानको रुपमा रहेको हाम्रो कला सस्कृति देउडा हो, यसको संरक्षण गरेर नयाँ पुस्ताको आकर्षण बढाउनु पर्छ, हाम्रो सस्कृतीलाई पुस्तान्तरण गर्नु हाम्रो अहिलेको मुख्य दायीत्व हो । यसमा राज्यको ध्यान जान जरुरी छ । विशेष गरी सुदूरपश्चिम प्रदेश सरकार तथा यहाँका स्थानीय तहले बढी ध्यान दिनु पर्छ ।
प्रदेशको पुर्व सामाजिक विकास मन्त्री समेत भएका सोडारीले आफ्नै पालामा सुदूरपश्चिमको भाष, कला साहित्यलाई प्रर्वद्धन गर्न बजेट तथा आवश्यक निती निर्माण गरेको स्मरण गराए ।
देउडा प्रतिष्ठान केन्द्रीय कार्यालय सुदुरपश्चिमको आयोजान तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजना गरीएको महोत्सब तथा देउडा प्रतियोगिताको शनिबार समापन भएको छ ।
सोडारीले सुदूरपश्चिम प्रदेशको भाषा, कला साहित्य, संस्कृति, भेषभुषाको जर्गेना संगै प्रचार–प्रसारमा प्रतिष्ठानले भुमिका खेल्नु पर्ने औल्याएका थिए । कार्याक्रममा देउडामा प्रथम, द्धित्तिय र तृतिय स्थान हासिल गर्ने लाई नगद पुरस्कार र दोसल्ला ओडाएर सम्मान गरेका थिए । प्रतियोगिता भदौ १४ गते देखी सुरु भएको थियो ।
तपाईको प्रतिक्रिया