Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

समानता र साझेदारी नै सुखको महत्वपूर्ण र मूल श्रोत


शदियौंदेखि मानिसले हार्दै आएको एउटा संघर्ष

—लोकनारायण सुवेदी

आज कोभिड–१९ को अपूर्ब विश्व महामारीले सारा संसार आक्रान्त छ । दुई  करोडभन्दा बढी मानिस यसबाट पिल्सिरहेका छन् भने सात लाख ५० हजार भन्दाबढी मानिस अकालमै कालकलबित भइसकेका छन् । हजारौ हजार मानिस अहिले पनि सुक्ष्मतम् र अदृष्य कोरोना बिषाणुबाट बिरामीकै अबस्थामा मृत्युसँग जुधिरहेका छन् भने एक करोडभन्दा बढी मानिसहरु यस बिमारीबाट मुक्त भएको पनि तथ्यांक सँगसँगै खडा छ । तथापि संसार आज ज्ञान विज्ञानमा अभूतपूर्व प्रगति गरेर आकाश पाताल चाहारी सक्दा समेत एउटा आँखाले नदेखिने अत्यन्तै सानो अदृष्य बिषाणु कोरोनाका कारण छटपटाइरहेको छ, चिन्तत छ र के गर्ने कसो गर्ने भनेर खोज अनुसन्धानमा पनि लागिरहेको छ । त्यति मात्र होइन संसारका ‘सर्ब शक्तिमान’ ‘अलमाइटी गड’ मानिएका इश्वर, अल्लाह, देबता, गठ जे जे भन्ने गरिए पनि सबै मन्दिर, मस्जिद, बिहार, चर्च आदिमै थान्को लागेर निरीह जस्तै बनेर थन्किनु परिरहेको अबस्था छ । महिनौदेखि सबै मठ मन्दिर, गिर्जाघर, बिहार बन्द छन् । अनि आर्थिक सामाजिक गतिबिधिहरु पनि प्रायः सबै नै विश्वब्यापी रुपमा ठप्प नै छन् । खुलेका चलेका पनि बडो सावधानी र सन्त्रासका बीचमा नै चलेका छन् ।
हुन त आज ज्ञान–विज्ञान तथा प्रबिधिको बिकासको परिणामस्वरुप रोगमुक्ति, सुदूर अन्तरिक्ष यात्रा तथा कम्प्यूटरको दुर्लभ सफलताहरुले मानिसका धेरै सपनाहरु साकार तुल्याएका छन् र तुल्याइरहेका पनि छन् । विज्ञानले भौतिक उपलब्धीहरुका साहाराले खुशी र खुशियालीको ठूलो आशा र सुन्दर भबिष्यको सञ्चार पनि गरेको छ । अनि बिज्ञानले धर्मका पुराना अन्ध अबधारणालाई पनि ध्वस्त तुल्याइदिएको छ । यद्यपि आन्तरिक – आध्यात्मिक मानबोपयगी  मूल्यहरुको महत्व कम नभएर अझ बढेको छ । धेरैका लागि आफ्नो निजी अनुभव र अन्तश्चेतनाको खोज अझ आकर्षक सिद्ध हुँदै गइरहेको पनि पाइन्छ । आज तन्त्रिका बिज्ञानको अध्ययनले चिन्तन, मनन,ध्यान, प्रेम र चित्तको शान्तिको मस्तिष्क संरचना तथा ब्यबहारका बारेमा समेत निकै सकारात्मक परिणाम पनि मिलिरहेका छन् । अर्कोतिर, धर्म र आध्यात्मको नाममा ठगी, ब्यभिचार र अनैतिक कार्यहरुको पनि प्रसार भइरहेको छ ।
आज हामी देख्दछौ कि धेरै साधु सन्त महन्त भएको भारतमा कयौं धर्म गुरुहरुको अनैतिक आचरणका कारण  धर्मलाई लिएर मनमा ठूलो  सन्देह खडा गरेका छन् र  त्यो अबिश्वास सन्देह अझ सबल हुदै गएको र भइरहेको छ । स्मरणीय छ कि मानिसको जन्म धर्मबाट मुक्त स्थितिमा हुने गर्दछ । तर ममताको आवश्यकता त सहजात नै हुन्छ । यस किसिमले धर्मभन्दा अझ बढी आधारभूत कुरा हाम्रो मानबीय आध्यात्मिकता रहेको प्रष्ट छ । प्रीति, करुणा र उदारता अर्थात औदार्य मानबीय प्रकृतिका सहज हिस्सा हुन् जसलाई आफु स्वयंमा बिकसित गरेर ब्यक्ति आध्यात्मिक हुने गर्छ । यी बिशेषताहरुलाई हामीले हरेक ब्यक्ति ब्यक्तिमा देख्न चाहेका हुन्छौ । अतः नैतिकता तथा आन्तरिक मूल्यहरुलाई बिकसित गर्नु मानिसको सहज बिकासको एउटा अंश या पाटो हुने गर्दछ । परस्पर निर्भरताको एउटा सत्यले हामीलाई एक किसिमले धर्मनिरपेक्ष नैतिकताको आधार प्रदान गर्दछ । यसरी हाम्रो खुशियाली  अरुको खुशियालीमाथि निर्भर गर्दछ ।
के तथ्य पनि बिचारणीय छ भने भौतिक स्तरमा सुक्ष्म अणु परमाणुबाट बनेका हामी सबैको शरीरमा कुनै मूल तात्विक अन्तर हुदैन । त्यति मात्रै होइन, जन्म, बृद्धि र मृत्युको अबस्थाबाट हामी मात्रै होइन पशु पंक्षी र बृक्ष समेत सम्पूर्ण जीव जगत या सृष्टि पनि गुज्रिने गर्दछ । हामीमा सुख र दुःखको अनुभव पनि हुन्छ, जसको आधारमा हामी आफ्नो परिबेशप्रति प्रतिकृया पनि दिने गर्दछौं, अनि प्रिय अप्रिय मानिस र बस्तुहरुसँग निकटता तथा दूरी बनाउने गर्दछौं । यस्तो प्रबृत्ति पशुहरुमा पनि पाइन्छ तर मानिसहरुको अनुभवको संसार र बिसकाको कडी यस अर्थमा अझ जटील  र श्रेष्ठतर हुने गर्दछन् कि तिनमा समानूभूति(इम्प्याथी) को खाश बिशेषता पनि हुने गर्दछ अर्थात् मानिसले अर्काको स्थितिलाई बुझ्न सक्तछ । ध्यानपूर्वक बिचार गर्ने हो भने त अझ स्पष्ट हुन्छ कि धन,स्वास्थ्य र मित्रता हाम्रो खुशियालीको मूख्य कारण हुने गर्दछन् । त्यसो त मानसिक समृद्धि र उत्थानमा भौतिक सम्बृद्धिको अस्थाई प्रभाव नै पर्दछ । तर पनि यत्तिकै आधारमा बढेको खुशी चाडै नै हावा हुन पुग्दछ, उत्तेजना अबश्य बढ्दछ । कूल मिलाएर आर्थिक सम्पत्तिले  मात्रै खुशियालीको पक्का सुनिश्चितता या ग्यारेण्टी हुँदैन । ठूल्ठूला धनीमानीहरु पनि जीवनमा असन्तुष्ट र अप्रसन्न देखिने गर्छन् । शायद बढ्दो धन सम्पत्तिले नै मानिसले आफ्नो वरीपरी एउटा जाल बुन्ने गर्दछन् । त्यसैले उसलाई एक्लो बनाउँदछ ।
प्रष्ट छ, धन सम्पत्ति र प्रतिष्ठाभन्दा कयौं बढी महत्वपूर्ण हो हाम्रो आन्तरिक मनस्थिति । गरीब परिवारमा प्यार, दयाँ र पारस्परिक भरोसा बढी पाइन्छ । जबकि धनी मानिसहरुका बीच बढी सन्देह, अबिश्वास  र बिरोध हुने गर्दछ । यस्तो स्थितिका बीच उनीहरुलाई वास्तबिक खुशी प्राप्त हुँदैन । यथार्थ के भने धन सम्पत्तिको मानसिक लाभ अस्थाई हुन्छ र समाजमा सन्तुष्टी त्यतिबेला बढी हुन्छ जब धनको समान बितरण हुन्छ र बिपन्न र सम्पन्न बीचको खाडल कम हुन्छ या पुरिन्छ । हाम्रो स्वास्थ्यले निश्चयनै खुशियालीलाई प्रभावित तुल्याउँदछ । जो दुःखमा छटपटाइरहेको हुन्छ त्यसले सकारात्मक मनोभाव राख्न सक्तैन । जहाँसम्म मित्रताको प्रश्न छ त मित्र मण्डलीको साथ समय ब्यतित गर्नु र अनुभवको आदान प्रदान गर्नु आनन्ददायी हुन्छ । सामाजिक प्राणी हुनाका कारण अरुअरुसँगको नाता हाम्रो खुशियालीको मूख्य आधार हुन्छ तर सबै मित्रहरु एक किसिमका हुदैनन्  । सुखमा त सबै साथी हुन्छन् तर वास्तविक मित्रले भने दुःखमा पनि साथ छोड्दैनन् । अलगाव र एक्लोपनाबाट बच्नका लागि के आवश्यक छ भने हामीले अरु अरुसँग लगाव राख्नु पर्दछ र आदर सम्मान दिनु पर्दछ जुन कुराले आपसमा एक अर्कासँग जोड्न सक्तछ । इन्द्रिय सुखमा आश्रित कुनै पनि खुशीयाली अन्ततः प्राय पीडादायी नै हुन्छ । आन्तरिक सन्तुष्टिका लागि मनमा शान्ति आवश्यक छ । मनको शान्ति सीमित स्वार्थबाट हटेर अरुसँग जोडिएर या समुदायसँगको लगावबाट आउँदछ र त्यो दीर्घकालीन हुन्छ । अरुप्रतिको करुणा र औदार्य या उदारता नै यसको आधार हुन्छ, जुन नैतिकताका लागि पनि जरुरी छ । प्रष्ट छ सुखको आधारभूत जग समानता नै हो ।

तपाईको प्रतिक्रिया

Related Posts

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै
फोटो फिचर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै

3 days ago
वित्तीय संघीयतामा सहवित्तीयकरण  डा. दामोदर रेग्मी
पहरा विशेष

वित्तीय संघीयतामा सहवित्तीयकरण डा. दामोदर रेग्मी

1 week ago
सहकारी अभियान आर्थिक सामाजिक रुपान्तरणको विश्वासिलो  माध्यम बन्नु पर्ने – डा. रेग्मी
पत्र-पत्रिका

सहकारी अभियान आर्थिक सामाजिक रुपान्तरणको विश्वासिलो माध्यम बन्नु पर्ने – डा. रेग्मी

4 weeks ago
काठमाडौंका फरेन्सिक विज्ञले थाले पोस्टमार्टमको काम
समाचार

काठमाडौंका फरेन्सिक विज्ञले थाले पोस्टमार्टमको काम

2 months ago
विमान उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन सरकारको निर्देशन
समाचार

विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्‍यो

2 months ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

1 hour ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

1 hour ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

2 hours ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

2 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

9 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि