कैलाली । सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री तथा प्रदेश सभा सदस्य दीर्घ सोडारीले कैलालीको गौरीगंगा–५ को अन्डैया र वडा नम्बर ७ को मट्कौना जोड्ने झोलुङ्गे पुलको बिहिवार शिलान्यास गरेका छन् ।
सोडारिले झोलुङ्गे पुलको शिलान्यास गर्दै चुनावमा जनता माझ गरेका प्रतिबद्धता अनुसार आफ्नै पहलमा झुलङ्गे पुल कार्यक्रम अन्तर्गत पुल बन्न लागेको बताए । उनले तत्कालका झुलङ्गे पुल बने पनि पक्की पुल्को लागि आफू लागी रहेको बताए ।
उपभोक्ता समितिका अध्यक्षको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सासंद अम्मर साउद, गौरिगङगा नगर उपप्रमुख अञ्चला चौधरीले मन्तव्य राखेका थिए । झन्डै एक करोडको लागतमा सो पुल निर्माण हुन लागेको हो ।
तपाईको प्रतिक्रिया