- 4Shares
काठमाडौं । काठमाडौंकाे धुम्बाराहीस्थित युवतीसहित सोमबार बिहान विभोर हाेटल पुगेका एक युवककाे केही समयमै ज्यान गएकाे छ ।काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलका ३४ वर्षीय श्रीकृष्ण श्रेष्ठले युवतीसहित सोमबार बिहान हाेटल पुगेका थिए ।
कोठा बुक गरेर बसेका उनी अचेत भएपछि सँगै रहेकी युवतीले होटल व्यवस्थापनलाई खबर गरेको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार श्रेष्ठ छाती दुखेको भन्दै ओछ्यानमा पल्टिएका थिए । त्यसपछि युवतीले बोलाउँदा श्रेष्ठ नउठेपछि हल्लाखल्ला भएको थियो।
मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको प्रहरीले जनाएकाे छ ।
तपाईको प्रतिक्रिया