धनगढी, ३० चैत्र
नेकपा(एकीकृत समाजवादी) निकट नेपाल युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिमका प्रादेशीक अस्पतालहरुले सुदूरपश्चिम जनस्वाथ्य ऐन २०७६ कार्यान्वयन गराउन माग गरेको छ । विहिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर ३ बुदे माग सहित सरकारको ध्यानाकर्षण गरेको हो । युवा संघ नेपालका प्रदेश अध्यक्ष बाबुराजा श्रेष्ठले प्रदेश सरकारले ल्याएको ऐन सेति प्रादेशीक अस्पतालमा लागु नगरेको भन्दै आपत्ति जनाए । उनले भने–सरकारले बनाएको कानून अस्पतालमा कार्यरत डाक्टरहरुले अटेर गरेका छन् । सरकारी अस्पतालमा कार्यरत डाक्टरहरु आफ्नो निजी मेडीकलमा काम गर्छन्। अस्पताल समयमा भेटीदैनन् । आफ्नो मेडीकलमा भेटीन्छन् ।
युवा संघ नेपालले प्रदेश सरकाकार जनस्वाथ्य ऐन अन्र्तगत सरकारि अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक स्वास्थकर्मि वा कर्मचारीले सम्बन्धित निकायले तोकेको समयमा अन्यत्र सेवा गर्न नपाउने कार्यविधि लागु गर्नुपर्ने, उपदफा (१) मा उल्लेखित समय बाहेकको समयमा कुनै चिकित्सक स्वास्थकर्मि तथा अन्य कर्मचारी सेवा गर्न चाहेमा मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट स्विकृत लिनुपर्ने व्यवस्था लागू गर्नु पर्ने, उपदफा २७ निजी अस्पताल तथा स्वाथ्य सस्था संचालन ऐन बमोजिम सरकारी अस्पताल तथा सरकारी स्वाथ्य सस्था परिसरको ३ सय मिटरको वरीपरी दुरी भित्र अन्य निजी अस्पताल तथा पोलीक्लिनिक, नर्सिङहोम, प्रयोगशाला लगाएत स्वाथ्य सम्बन्धी निजी व्यवसाय गर्न नपाइने व्ववस्था कडारुपमा लागु माग राखेको छ । माग पुरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरीने युवा संघ नेपाल प्रदेश कमिटि सचिव मोहन साउँदले जानकारी दिए।
तपाईको प्रतिक्रिया