एजेन्सी । फिलिपिन्स चीन बिवाद बढदै गएको छ । अहिले दक्षिण चीन सागरमा माछा मार्ने आफ्ना नागरिकको सुरक्षाका लागि भन्दै फिलिपीन्सले नौसैन्यको उपस्थिती बढाउने बताएको छ । विवादमा रहेको दक्षिण चीन सागरमा माछा मार्ने आफ्ना मानिसहरुको सुरक्षाका लागि फिलिपिन्सले थप नौसेना परिचालन गर्ने निर्णय गरेको छ । चीनले विवादित दक्षिण चीन सागरमा विदेशी नौसेनाको विमानमा आक्रमण गर्न सक्ने कानुन ल्याएपछि फिलिपिन्सले कडा निन्दा गरेको थियो ।
चीनसँग युद्ध गर्ने नभएर आफ्ना नागरिकको सुरक्षाका लागि नौसेनाको उपस्थिती बढाउन लागिएको फिलिपिनो नौसेनाका अधिकारीलाई उद्धृत गर्दै।
बैंकक पोष्टले यो समाचार प्रकाशित गरेको छ । विवादित सागरक्षेत्रमा चीनले ९० प्रतिशत क्षेत्र आफ्नो रहेको दाबी गर्दै महत्वपुर्ण रणनीतिक सामुद्री मार्गमा आफ्ना नौसेना खटाउँदै आएको छ । चीन सं बिभिन्न राष््ट्रहरु बीच मतभेद रहेको छ । , दक्षिण चीन सागरमा जापान, फिलिपिन्स, मलेसिया, ब्रुनाइ, ताइवान, भियतनाम लगायत मुलुकहरुले पनि आफ्नो क्षेत्रको दाबी गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया