कोहलपुर, बैशाख १५,
कोहलपुर नगरपालिका ६ रझेनामा एक बालकको डुबेर मृत्यु भएको छ ।
शनिबार विहान करिब ८ बजेतिर नहरमा पौडि खेल्ने क्रममा करिब ११ वर्षको बालक डुबेर मृत्यु भएको हो । इलाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीका अनुसार पौडि खेल्न भनि नहरमा दुई जनाले हाम फालेको र नहरमा पौडि खेल्न नआएपछि स्थानीयहरुले एक जनालाई उद्दार गरे तर अर्कोको भने नहरमा बेपत्ता भएपछि प्रहरीलाई खबर गरेका थिए ।
नहरमा नाम थर वतन नखुलेको बर्ष अ.१०/ १२ को बच्चा पौडी खेल्ने क्रममा नहरमा डुबेको छ भनि इलाका प्रहरी कार्यालय कोहलपुरमा जानकारी प्राप्त हुनसाथ प्रहरी नायब उपरीक्षक डिएसपी धर्मराज भण्डारीको नेतृत्वमा ६ जनाको टोली खटी गई खोज तलास गर्दै जादा डुबेको स्थान बाट अ.२००मिटर तल पानीमा डुबी मृत अवस्थामा फेला परेको डिएसपी भण्डारीले बताएका छन् । बालकको सब पहिचान हुन नसकेपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको सबगृहमा राखिएको थियो।
घटनाको अनुसन्धान हुँदै गर्दा निज बालक कोहलपुर न.पा. ५ प्रगतीनगर बस्ने रेशम बुढाथोकीको छोरा बर्ष अन्दाजी ११ को नबिग बुढाथोकी रहेको भनि निजको हजुर बुबा बलबिर बुढाथोकीले पहिचान गरेको डिएसपी भण्डारीले बताए । निज बालकको बुबा आमा भारतमा रहेको र निज बालक हजुर बुबासँग बस्दै आएको भनि हजुर बुबा बलबिर बुढाथोकी बाट बुझिन आएको छ । अन्य विवरण आउन बाँकी रहेको ।
तपाईको प्रतिक्रिया