Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

बी.पी.को स्मरण गर्दा बुझ्नु पर्ने कुरा र लिनुपर्ने मूलबाटो


संसदबाट समाजबाद : खोक्रो नारामै सीमित हुने कुरासम्म !

(बिपीको स्मृति दिवसको  सन्दर्भमा)

–लोकनारायण सुवेदी 

नेपालको आधुनिक राजनीतिक इतिहासका एक पूरोधा एवं अग्रज ब्यक्तित्व हुन् बीपी कोइराला । उनले आफ्नो सक्रिय जीवनको सम्पूर्ण अंश देश र जनताको निमित्त समर्पण गरे । आफुले अबलम्बन गरेको राजनीतिक सिद्धान्तप्रतिको अबिचलित निष्ठा, त्यसप्रतिको इमानदार नैतिकता  र आदर्शप्रतिको उत्सर्ग नै बीपी चिन्तन र प्रयोगका मूल आधारहरु हुन् भन्ने कुरा उनको राजनीतिक जीवन यात्राले खुलस्त पारेको छ । यद्यपि देशको अग्रागामी राजनीतिका निमित्त उनको लडाईका बेला अनेक घुम्ती र मोडहरु अबश्य आएका थिए । बिभिन्न उतार चढावहरु पनि आएका थिए । तर बीपीले आफैद्वारा आर्जित र कतिपय प्रत्युत्पन्न त्यस्ता कुनै पनि मोडमा आफ्नो गन्तब्यप्रति कदापि कसैसँग लत्रने काम गरेनन् । बरु आदर्श र अडानका खातिर जस्तोसुकै  पीडा सहन र जीवन अर्पण गर्न पनि तयार भए । बीपीलाई मनन गर्न चाहनेहरुले उनका यी जीबनभरीका संघर्षले कमाएका मूलतत्वलाई कदापि बिर्सन हुदैन ।

यूवा बिपी आफ्नो यूवा बयदेखि नै लोकतन्त्रका निमित्त लड्न तयार हुदै थिए । किनभने उनका पिता कृष्णप्रसाद कोइराला नै राणा शासकहरुको कोपभाजन हुने गरेकोले बीपीले सानैदेखि राजनीतिमा लाग्ने बातावरण पाए । हुन त कतिपय मानिसहरु त्यस्तो बातावरण पाएर पनि त्यसबाट बिमुख हुने गर्दछन् र तिनले कुनै इतिहास निर्माण गर्दा पनि गर्दैनन् ।तर बीपी शुरुदेखि नै एउटा संघर्षको भावनाले ओतप्रोत भएको नेपाली समाजको अबस्थालाई फेर्न तत्पर रहेको देखिन्छन् । त्यसैले उनले बातावरण पाउनासाथ त्यो दिशामा आफ्नो अग्रसरता लिइहाले । फलत उनी राणा शासकहरुका बिरुद्ध उत्रिदै जान थाले । यसरी शुरुदेखि नै उनले कठोर यातना र काराबासको संघर्षमय जीवनको बाटो पक्रे र निरन्तर त्यसमा लागिरहे । यसरी हेर्दा बीपीलाई नेपाली यूवा समुदायको एउटा अजश्र प्रेरणाको श्रोतकोरुपमा देखिन्छ ।

बीपी कोइरालाको राजनीतिक जीवन यात्राका अन्तिमतिरका सारगर्भित कृतिहरु ‘जेल जर्नल’ र ‘आत्म बृत्तान्त’ पढ्दा र केलाउँदा त्यहाँ नेपाली राजनीतिक आन्दोनलको इतिहासका निकै महत्वपूर्ण र गम्भीर पक्षहरु भेटिन्छन् । जसमा आत्मसात गर्नुपर्ने अत्यन्तै मननीय कुराहरु पनि छन् । ती संघर्षका गाथाका रुपमा आएका बीपी–कृतिहरुमा अन्य महत्वपूर्ण कुराका अतिरिक्त आफ्ना राजीतिक त्रुटी कमजोरीहरु केलाउने जुन अत्यन्तै महत्वपूर्ण आत्मसमीक्षात्मक टिप्पणीहरु बीपीले गरेका छन् तिनले नेपाली जन आन्दोलनको दिशा निर्देश गर्न बस्तुबादी आधार प्रदान गर्दछन् र इतिहासलाई कहाँ कहाँ सच्याउनु पर्ने रहेछ भन्ने दिशाबोध पनि गराउँदछन् । बीपी जस्ता नेपालको राजनीतिक आकाशका एक उच्चतम ब्यक्तित्वले महसुश गरेका र मनन गरेका ती कुराहरुले आज पनि हामीलाई देश र जनताप्रति उत्तरादायी हुने राजीतिक संस्कार र सँकृतिको शिक्षा दिन्छन् । अग्रगाम’ी परिवर्तको पक्षपोषण गर्ने र त्यस्तो परिवर्तनका लागि समपिर्त हुन चाहनेहरुका लागि  बीपीका संघर्षशील जीवनका यी कम दूरगामी महत्वका कुरा होइनन् । 

बीपीले आफ्नै नेतृत्वमा चलाएको र लडेको २००७ सालको जन क्रान्ति, त्यसै क्रममा भएको ‘दिल्ली सम्झौता’, भूमिसुधार, सेनाको लोकतान्त्रिकरण, २०१७ सालको प्रतिगामी शाही कदम र त्यसका बिरुद्धको संघर्षको जस्तो किसिमले ब्याख्या बिश्लेष्ण गरेका छन् त्यसको पनि गहिराईमा पुगेर आज समीक्षा र आत्मसात गरिनु अत्याश्बश्यक छ । किनभने नेपाली जन आन्दोनलको इतिहासमा कहाँ कहाँ गल्ती कमजोरी भएका छन् र प्रतिगामी आन्तरिक र बाह्य शक्तिले क्षणिक र अस्थाईरुपमै भए पनि तिनबाट फाइदा उठाएका र जनतालाई लोकतान्त्रिक  आन्दोलनबाट गुमराह गर्न सफल भएका छन् भन्ने चेत बीपीमा भरपूर रहेको देखिन्छ ।

२०१७ सालको प्रतिगामी शाही काण्ड घटाएर जन निर्वाचित प्रधानमन्त्री बीपी कोइराला समेत सम्पूर्ण प्रतिपक्ष अर्थात काग्रेस र कम्युनिष्टका नेता कार्यकर्ताहरुलाई जेलनेल हाल्ने, दमन गर्ने र राणाशाहीको बिकल्पमा लोकशाही होइन, शाहशाही चलाउने गतल बाटो राजा महेन्द्रले लिए त्यो उनको बर्गीय राजशी हित अनुकूल भए पनि नेपाल र नेपाली जनताको हितमा थिएन । त्यसैले राजाको नेतृत्वमा रहेको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्थाका बिरुद्ध आरम्भदेखि नै जनता रुष्ठ, असन्तुष्ट र संघर्षशील रहेका हुन् । त्यो वास्तवमा २००७ सालको जन क्रान्तिपछि बिश्व समक्ष खुल्ला भएको नेपाली समाज र बिकसित हुदै गएको नेपाल जनताको चेतनाकै प्रतिबिम्ब पनि थियो र हो ।

तर पञ्चायती कठोर काराबासमा परेका नेपाली काग्रेस र कम्युनिष्ट नेताहरुले आपसमा मिल्नको साटो जेलभित्रैबाट परस्पर बिरोधको राजनीति खेल्न शुरु गरे । राजाले कम्युनिष्टहरुलाई लगाउने गरेको ‘ध्वंसात्मक तत्व’ र काग्रेलाई लगाउने गरेको ‘अराष्ट्रिय तत्व’को लाञ्छनाको बहकाउमा लागेर काग्रेस र कम्युनिष्ट नेताहरु नै एक अर्काको बिरुद्ध खडा हुनु नेपाली जन आन्दोलनको त्यो पञ्चायती कालमा एउटा बिडम्बनापूर्ण र हास्यास्पद कुरा थियो । काराबासमा बसेका नेतृत्वको काग्रेस र कम्युनिष्ट बिरोधी बक्तब्यवाजी पछि जेल बाहिरका कार्यकर्ताहरुका बीच पनि नकारात्मक प्रभाव पर्न गई त्यो ‘गोबर’ र ‘खरानी’को(त्यो बेला काग्रेसलाई गोबर र कम्युनिष्टलाई खरानी भन्ने संज्ञा पञ्चायतले दिएको थियो) झडपमा परिणत हुन थालेपछि जेलबाट ८ बर्ष पछि छुटेका काग्रेस नेता बीपी र निर्वासनमा रहेका कम्युनिष्ट नेता पुष्पलालले बक्तब्य दिएर त्यो ‘गोबर’ र ‘खरानी’को झडपलाई साम्य पार्नु परेको थियो ।त्यसै पृष्ठभूमिको प्रभावले गर्दा झण्डै एक दशकपछि गएर २०३५÷३६ सालमा पञ्चायती ब्यवस्था बिरोधी संयुक्त बिद्यार्थी आन्दोलन राष्ट्रब्यापीरुपमा बिकसित  भएको र निर्बिकल्प दाबी गरिएको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था जनमत संग्रहको कठघरामा खडा हुन पुगेको हाम्रो अखण्डनीय इतिहास रहेको छ । जुन जनमत संग्रहमा शाही पञ्चायतले ठूलो धाँधली गर्दा पनि बहुदलको पक्षमा ४४ लाख चानचुन मत आएको थियो र त्यसले नेपाली राजनीतिको भबिष्यको संकेत गरेको थियो । त्यसपछि नै २०४२ सालको आन्दोलन २०४६ को ब्यापक संयक्त जन आन्दोलको गृह कार्यकोरुपमा चलेको थियो र सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था बिरुद्ध बृहत संघर्षको उठान २०४६ साल फागुन ७ गतेबाट शुरु भएको थियो र ४९ दिनपछि राजाको सकृय नेतृत्वको पञ्चायती ब्यवस्था ढलेर देशमा पुनः बहुदलीय ब्यवस्थाको पुनस्र्थापना भएको थियो ।जुन गन्तब्य बस्तुतः बीपीकै उदेश्य अनुरुप थियो। 

यहाँ स्मरणीय एउटा कुरा के छ भने बीपी आठ बर्षको कठोर काराबासपछि  २०२५ सालमा पञ्चायती जेलबाट छुटेपछि  पुनः ८ बर्ष स्वनिर्बासनमा भारतको बनारसमा रहेका थिए । सारनाथ नेपाली काग्रेसको हेडक्वाटर जस्तै थियो ।अहिलेको पहिलो पुस्ताका धेरैजसो काग्रेसी नेताहरु त्यही सारनाथको बीपी हेडक्वाटरकै उपज हुन्भन्दा फरक पर्दैन ।तर बीपीको दूरगामी चिन्तन, चरित्र र ब्यवहार अहिलेका काग्रेमा दिउसै बत्ति बालेर खोज्नुपर्ने अत्यन्तै दुःखद दारुण स्थिति छ । 

यहाँ अर्को एउटा निक्कै महत्वपूर्ण कुरा पनि नगर्ने हो भने बीपी ब्यक्तित्वको समग्रता उजागर हुन पाउँदैन । आठ बर्ष प्रवासमा रहेका बीपी भारतबाट २०३३ साल पौष १६ गतेका दिन राष्ट्रिय मेलमिलापको नीति लिएर आफुमाथिका आठ वटा फासीको मुद्दालाई बेवास्ता गर्दै स्वदेश फर्किएका थिए । पञ्चायती ब्यबस्थाले फासिस्टरुप लिएर गाउफर्कको चर्को दबदबा चलिरहेको त्यो असहज बेलामा बीपीले जानीबुझीकनै कार्यनीतिक रुपमा राजासँग राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए र त्यसरी आफु स्वदेश फकिर्ने कुरा भारतको बनारसमै निर्वासित जीवन बिताइरहेका नेपाली कम्युनिष्ट आन्दोलनका सर्बोच्च नेता पुष्पलालसँग पनि गरेरै फर्केथिए । पुष्पलालजीले राजासँगको मेलमिलाप तपाईको कार्यनीतिक बाध्यता भए पनि आफुले त्यसको बिरोध गर्ने बस्तुगत तर्क दिएपछि बीपीले त्यस कुरालाई पनि सहर्ष स्वीकारेका थिए । बीपीलाई राम्ररी थाहा थियो कि पञ्चायती ब्यवस्थालाई फाशिष्ट शैलीमा चलाइरहेका राजाले मेलमिलापको नीतिलाई बेवास्ता गर्नेछन् र यसरी राजा मेलमिलाप होइन द्वन्द्व चाहन्छन् भन्ने कुराकै पुष्टी हुन्थ्यो । बीपीले यी सबै कुराको हिसाबकिताब र पूर्वानुमान गरेर नै स्वदेश फर्केका थिए र पुष्पलालले त्यो मेलमिलाप नेपाली जन आन्दोलनलाई कमजोर तुल्याउने ‘मन्द बीष हो’ भनेर बक्तब्य दिदा पनि बीपीले त्यसको प्रतिबाद गरेका थिएनन् । हुन पनि बीपीको राष्ट्रिय मेलमिलापको नीतिले राजा र पञ्चायती ब्यवस्थाको मन पग्लिएन बरु अझ कठोर बन्यो । बीपी थुनामा परे । तर देशमा संयुक्त बिद्यार्थी आन्दोलन (जुन काग्रेस र कम्युनिष्ट सम्वद्ध पञ्चायती ब्यबस्था बिरोधी बिद्यार्थी आन्दोलन नै थियो) उठ््यो र राजाले २०३६ साल जेष्ठ १० गते एका बिहानै   ६ बज्दा न बज्दै(यो लेखक पञ्चायती जेलमा काराबासा जीवन बिताइरहेको बेला) पञ्चायती ब्यवस्था जनमत संग्रहको कठघरामा परेको घोषणा गर्नुप¥यो भन्ने कुरा माथिनै उल्लेख गरिसकिएको छ ।

यस प्रकार बीपीले आजीवन संघर्षमा बिताउनु प¥यो । तर त्यो चानेचुने संघर्ष थिएन । बिचार, नैतिकता, इमानदारीता र आदर्श सहीतको एउटा जीवन्त सघर्ष थियो । त्यसैले बीपी झण्डै दुइ दसक प्रतिपक्षमा रहँदा पनि नेपाली राजनीतिको धूरी नै भएर रहे । राजनीति उनकै वरिपरी केन्द्रित भएर रह्यो । उनलाई हिजो गलत ढंगले नकार्नेहरुले पनि आज उनको राजनीतिक जीवन र संघर्षबाट सिक्ने धेरै कुराहरु गर्न थालेका छन् । यो बीपीको सत्य निष्ठाप्रतिको अटुट आस्थाबाट निःसृत भएको शिक्षा हो ।

हुन पनि देशको अत्यधिक मतले बिजय प्राप्त गरेर प्रधानमन्त्री बनेको ब्यक्ति लोकतान्त्रिक मूल्य मान्यता र मूल्य पद्धतिको निमित्त ८ बर्ष निरन्तर कठोर जेल जीवन बहन गर्दछ, आठ बर्ष पुनः प्रवासमा निर्वासित हुन्छ र जीवनकै जोखिम मोलेर स्वदेश फर्केपछि पनि बाचुञ्जेल आफ्नो आस्थामा आँच आउन नदिई संघर्ष गरिरहन्छ भने त्यो एउटा सफल र सबल संघर्षको द्योतक सीवाय अरु केही हुन सक्तैन । यस्तै ब्यक्तित्व थिए नेपाली लोकतन्त्रका अग्रतम धरोहर बीपी कोइराला ! जसले आफ्ना कमजोरीहरु राम्ररी बुझेको थियो अनि तिनलाई सच्याउने र सकेसम्म आफुलाई आफ्नो मान्यता अनुरुपको सही बाटो हिडाउने निरन्तर अथक प्रयत्न गरिरहेको थियो । सत्तामा पुगेपछि कसरी सुकिला मुकिलाहरुले त्यसलाई आफ्नो कब्जामा लिन्छन् नेतृत्व र जनताका बीचमा अबिश्वासको ठूलो खाडल पैदा गर्दछन् भन्ने कुरा पनि बीपीले सात साल पछिदेखिकै अनुभवका आधारमा राम्रोसँग बुझेका थिए । ती अमूल्य अनुभवको भण्डार रहेका बीपीको आज भने कसैले अनुसरण गर्न सकेको छैन । केवल आफ्नो स्वार्थका लागि बीपीलाई भजाउने काम मात्र भइरहेको छ ।आजका लोकतन्त्रका हिमायती यूवा पिढीले यो कुरा बुझ्नु अत्यावश्यक छ बीपीको स्मरण गरिरहँदा ।

Tags: BP Koiralaबीपी कोइरालालोकनारायण सुवेदी

तपाईको प्रतिक्रिया

Related Posts

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

1 day ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
धनगढी उपमहानगरको  नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण
विविध

धनगढी उपमहानगरको नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण

5 days ago
कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

1 week ago

ताजा समाचार

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

1 day ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि