
खासगरी चीन निकट मानिने उपेन्द्र यसपालि सप्तरी २ मा रेड जाेनमा परेपछि जित्न अनेक हतकण्डा अपनाइरहेका छन् । जातीयता भड्काएर यादवकाे भाेटले नतिजा उल्टाउनेदेखि दंगा गराएर माहाेल आफ्नाे पक्षमा पार्नेसम्मकाे तयारी उपेन्द्रकाे छ ।
यसैबीच हारकाे अवस्थाबाट उपेन्द्रलाई निकाल्न छिमेकी चीनका दूतहरू नाेटका बिटा बाेकेर राजविराजमा अड्डा जमाएर बसेका छन् । स्थानीय पत्रकारहरूले दिएकाे रिपोर्ट अनुसार आजकल राजविराजका हाेटलमा विदेशीहरू ज्यादा देखिएका छन् । त्यसमा पनि चिनियाँ एकदमै सक्रिय रूपमा मुभमेन्ट गरिरहेकाे देखिन्छ ।
जसपाका एक कार्यकर्ताले याे चुनावमा चिनियाँ मित्रहरूबाट ठूलाे आर्थिक सहयाेग प्राप्त भएकाे बताए । `हाम्राे नेता उपेन्द्रजी देशलाई चाहिने, मधेसकाे प्रतिनिधित्व हाे । उहाँ संसदमा आउनुपर्छ भन्ने छिमेकीकाे पनि चाहना सद्भाव छ,´ उनले भने ।
चिनियाँहरू उपेन्द्रलाई जिताउन पैसाकाे खाेलाे नै बगाइरहेका छन् । स्थानीय पत्रकारहरू मधेसमा कुनै नेता जिताउन चीन सक्रिय हुनु दुर्भाग्य भएकाे बताउँछन् । यसले मधेस विदेशी रणभूमि बन्ने उनीहरूकाे चिन्ता छ ।
जसपा स्राेतकाअनुसार अहिलेसम्म चिनियाँहरूले उपेन्द्रलाई जिताउन करिब १० कराेड खर्च गरिसकेका छन् । हरहालमा उपेन्द्र संसदमा चाहिने भन्दै चिनियाँ वेपर्वाह खर्च लुटाइरहेका छन् ।
तर प्रारम्भिक रूझानमा सप्तरी २ उपेन्द्रलाई सहज नभएकाे इन्टलिजेनसकै रिपाेर्टले देखाएकाे छ । किनकि जसपाकै कार्यकर्ता र मतदाता मधेस विराेधी शक्तिकाे रूपमा चिनिएकाे एमालेसँग गरिएकाे गठबन्धनले निराश र आक्राेशित छन् ।
तपाईको प्रतिक्रिया