एजेन्सी । पाकिस्तानको ग्वादरमा पछिल्लो पटक भएको आत्मघाती हमलामा ९ चिनियाँ नागरिकको मृत्यु भएको । चिनियाँ नागरिक बोकेको बस विस्फोट गराउँदा नौ चिनियाँ इन्जिनियरहरुको ज्यान गएको हो । उक्त घटनाले पाकिस्तानमा रहेका आतंकवादी समूहले पाकिस्तानमा रहेका चिनियाँ नागरिकहरुलाई आफ्नो हिट सूचीमा पारेको छ भन्नेमा कुनै शंका छैन ।
चीन पाकिस्तानको लागि एक महत्वपूर्ण सहयोगी हो । पाकिस्तानले उक्त घटनापछि एक वक्तव्य जारी गर्दै दुश्मनहरुले चीन र पाकिस्तानको सम्बन्धमा दरार पैदा गर्ने प्रयास भइरहेको जनाएको थियो । उक्त प्रयासलाई विफल पारिनेसमेत पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तानले उक्त घटनाको अनुसन्धान गर्दै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको भए पनि कुनै हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । विदेश मन्त्री शाह महमूद कुरैशीले सुरुमा बस दुर्घटना भएको बताएका थिए । तर, पछि चीनले आफैं छानबिन गर्ने बताएपछि भने विस्फोट भएको बताएको थियो ।
पाकिस्तानमा पछिल्लो समय चिनियाँ नागरिक लक्षित आक्रमणहरु तीव्र भइरहेका छन् । चिनियाँ नागरिकहरुमाथि आक्रमण भइरहेको भए पनि पाकिस्तानले गम्भीरताका साथ लिएको छैन ।
इस्लामावादस्थित चिनियाँ दूतावासले कडा शब्दमा बयान जारी गर्दै पाकिस्तानलाई व्यावहारिक र प्रभावकारी उपायको खोजी गर्दै दोषीलाई कारबाही गर्न आग्रह गरेको छ । यसबाहेक, दूतावासले उनीहरुको स्टेट काउन्सिलर र सार्वजनिक सुरक्षा मन्त्रीलाई तथ्य र प्रमाण को आधारमा अनुसन्धान जारी राख्न एक समिति बनाउनुपर्नेसमेत माग गरेको छ ।
चीन आफ्ना नागरिकहरु पाकिस्तानी आतंकवादको सिकार भएको मात्र नभइ पीटीआई सरकारले देखाएको रबैयाले गर्दा पनि रुष्ट बनेका छन् ।
तपाईको प्रतिक्रिया