दीपक रावल,
कोहलपुर, साउन १६,
लुम्बिनी प्रदेशको बाँके जिल्लामा यस वर्ष मलको अभाव नहुने भएको छ ।
हरेक वर्ष मलको अभाव हुँदै आएको बाँके जिल्लामा यस वर्ष मल पर्याप्त रहेको कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जले जनाएको छ । यस वर्ष मल पर्याप्त मात्रामा मौज्दात रहेकोले अभाव नहुने भएको हो । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका अनुसार बाँकेमा हाल ७० मेट्रिक टन युरिया, २५ मेट्रिक टन डिएपी र ६० मेट्रिक टन पोटास गरेर १२५ मेट्रिक टन मल मौज्दातमा रहेको छ । मल लिन आउने किसानले यस पटक मल नपाएको गुनासो हालसम्म नगरेको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०७९÷०८० मा चार हजार १२५ मेट्रिक टन मल वितरण गरिएकोले पनि अभाव नहुने बताएको छ । आर्थिक वर्ष २०७९÷०८० मा एक सय ७ वटा सहकारीमार्फत् एक हजार ४५८ मेट्रिक टन डिएपी, दुई हजार ५५० मेट्रिक टन युरिया र ११७ टन पोटास वितरण गरिएको थियो ।
तपाईको प्रतिक्रिया