कोहलपुर, पुष २,
गत कार्तिक महिनाको १७ गते शुक्रवार राती जाजरकोट र रुकुम पश्चिम लगायत क्षेत्रमा गएको भूकम्पले धेरैको ज्यान लियो भने कैयौं व्यक्तिहरुको घरबास उठेको छ । भने कैयौं व्यक्ति तथा बालबालिकाहरु साहारा विहिन हुन पुगेका छन् । यहाँका करिब १८ हजार घर बस्नै नहुने गरी भत्किएका छन् । घर भत्किएकाहरु त्रिपाल टाँगेर बसिरहेका छन् । चिसो मौसममा पालमुनी बस्नुपर्ने भएका कारण महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थामा समस्या देखिन थालेको छ भने केहीले चिसोकै कारण ज्यान पनि गुमाएका छन् ।
राहत विस्तारै पुगे पनि चिसोको समयमा खुल्ला आकाशमुनी रात बिताउन पर्दा वृद्धवृद्धा, बालबालिका र महिलाहरुको स्वास्थ्य जोखिम बढ्ने देखिएको छ । यस्तै नेकपाका केन्द्रीय सदस्य शेखर सीको नेतृत्वमा विभिन्न नेता तथा कार्यकर्ताहरु लगायतको टोली जाजरकोट जिल्लाको सदरमुकाम खालंगा बजारका विभिन्न क्षेत्र तथा नलगाड नगरपालीका अन्तरगत विभिन्न क्षेत्रमा पुर्न निर्माणमा खटिएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु भूकम्प पीडितको घर बनाउन ब्यस्त देखिएका छन । उनीहरुले चावलेचौर, चिउरी, कल्पत लगायतका विभिन्न गाउँमा गई भुकम्प पीडित जनताको घर निर्माण गर्दै हस्तान्तरण गरेका छन् । नेकपाको यस कार्यमा भुकम्प पीडित जनताहरु निकै खुशी भएका छन् ।
भूकम्प पीडित जाजरकोटी जनताको उद्दार स्वरूप आफ्नो पार्टी निरन्तर खटिने नेकपाका केन्द्रीय सदस्य शेखर सीले बताएका छन् । उनले भने,–‘पुर्ननिर्माणको कार्यमा हामी अघि बढी रहेका छौं ।’ भूकम्प प्रभावित क्षेत्रमा पिउने पानीको समस्या रहेको बताउँदै केन्द्रिय सदस्य सिले भूकम्पका कारणले आम नागरिकमा मानसिक त्रास रहेको बताए । भूकम्प प्रभातिव क्षेत्रको अवस्था शब्दमा व्यक्त गर्न नसकिने बताउँदै उनले राहतका सामग्रीहरु पर्याप्त नरहेको बताए । राहत सामग्री व्यवस्थित ढंगले पुर्याउनुपर्नेमा स्थानीय सरकार तथा दाताहरु समेतले ध्यान दिनुपर्नेमा जोड दिए । यस्तो अवस्थामा नेकपाका नेता कार्यकर्ताहरु भूकम्प पीडितको लागि ठुलो मलमपट्टी बनेर उभिने बताए ।
भूकम्प गए लगत्तै नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड सहितका नेता कार्यकर्ताहरुको टिम भूकम्प प्रभावित जिल्लामा पुगेर तत्कालिन राहत र उद्धारको काममा खटिएका थिए । अहिले भने अस्थायी आवास निमार्णको काममा नेकपाका नेता कार्यकर्ताहरु निरन्तर लागिरहेका छन् । नेकपाको मध्य कर्णाली र दक्षिण कर्णाली ब्यूरोबाट खटिएको नेता कार्यकर्ताको टिमले भूकम्प पीडितहरुको घर बनाउने काम गरिरहेका छन । उत्त पुर्ननिर्माणमा रणदिप सी, विराजन सी सहितका नेता तथा कार्यकर्ताको टिमले जाजरकोटमा अस्थायी आवासहरु बनाउने काममा जुटिरहेका छन् । नेकपाका केन्द्रीय सदस्य रणदिप सीको नेतत्वमा नेता कार्यकर्ताको टिम जाजरकोटको खलंगामा खटिएको छ ।
तपाईको प्रतिक्रिया