काठमाडौ, देशमा व्यवस्था परिवर्तनका निम्ति आठ दशकलामो संघर्ष गर्नु पर्यो । त्यसमा साना ठुला गरि थुप्रै पटक आन्दोलन गर्नु पर्यो आन्दोलन शाणा शासन को विरुद्ध होस्, पन्चायतका विरुद्ध होस् वा राजसस्थाका का विरुद्ध होस् यि ठुला क्रान्ति आन्दोलन संगै साना क्रान्ति अधिकार् का निम्ति होस्, पहिचानका निम्ति वा राज्यसत्ता प्राप्तिका निम्ति होस् । जे जस्तोसुकै आन्दोलनले मुल्य चुकाउनु परेपनि देशमा व्यवस्था भने परिवर्तन भयो । नेपालले जनता ले एउटा पिजडा बाट मुक्ति प्राप्ति गरे । व्यवस्था परिवर्तनका निम्ति राज्यको ठुलो जनधनको क्षेति भए पनि त्यसको व्यवस्थापन गर्नु अपरिहार्य छ्दै छ । नेपाली जनताले व्यवस्था परिवर्तनका निम्ति जुन मुल्य चुकाय, आज त्यहि जनता को मुल्य माथि राज गर्ने हिजोका कान्ति वा आन्दोलन को नेतृत्व गरे नेतृत्व कर्ताहरुले नेपाली जनतालाई पुङ्गो बनाएका छ्न ।
व्यवस्था परिवर्तन गर्यो । नेपाली जनताको हाल उहि राणा शासन पन्चायत को भन्दा कम छैन । किनकि नेपाली जनतामाथि शोषण दमन अत्याचार हिसा जन्यगतिविधि नियमितरुपमा संचालित भएकै छ्न । व्यवस्था परिवर्तन नेता कार्यकर्ता का निम्ति भयो । अवस्था परिवर्तन अब जनाताका निम्ति हुनु पर्छ । हिजोका दिनमा जनताका दिनफेर्छु भनि चर्काचर्का भाषण गर्ने नेताहरु आज सत्तामा लोभि भएका छ्न । व्यवस्था परिवर्तन गर्छु भनेर लड्ने युद्धहरु सहिद भए, अपांग भए, घरपरिवार बिहिन भए उनिहरुको अवस्था कहिले हेरिन्छ । गरिब, दिनदुखि, असाय, असक्त, अनाथ, अपांग, दलित, जनजाति, उतपिडनमा परेका जनता दुर्गम क्षेत्रका जनताको अवस्था कहिले फेरिन्छ ।
व्यवस्था परिवर्तन गरि अवस्था परिवर्तन गर्ने वाचा कसम गरेका नेतृत्व पङ्तिहरु आज नेपाली जनताको आशा अनि भरौसा माथि खेलबाड गर्दै छ्न । अझ केहि नेता गण हरु फेरि व्यवस्था परिवर्तनका नाममा आन्दोलन र क्रान्ति को बिकुल फुक्ने प्रायस गर्दैछ्न । फेरि पनि नेपाली जनतालाई बलिको बोको बनाउने प्रयास हुदैछ । नेपालमा व्यवस्था परिवर्तन को राजनीति र आन्दोलन को घडि समाप्त भैसकेको छ । व्यवस्था को नाममा जनतालाई दुख दिने नेता कार्यकर्ता अभियान आफ्नो दल प्रतिस्था, सत्ता शक्ति र कुर्चिका निम्ति जनताको आखामा छारो लाग्ने कोशिश गर्दैछ्न । नेपाली जनताले व्यवस्था परिवर्तन को नाममा सबै राजनीति दल नेताहरुलाई बेलाबेलामा साथ सहयोग सहकार्य सहअस्तित्व समन्वय गरेकै हुन । अब नेपाली जनता बाट व्यवस्था परिवर्तनको नाम आन्दोलन र क्रान्ति गर्छु र सत्ता प्राप्ति गरि नेतृत्व गर्छु भन्नु समुद्रमा बाट एक बाल्टि पानी निकाल्नु सरह नै हो ।
नेपाल जनता को अवस्था दर्दनाक स्थितिमा पुगेको छ । यो कुरा सबैले बुझ्नु पर्छ । नेपाल को जनगणना २०७८ सालको तथ्यांकअनुसार युवा तथ्यांक बढि देखाए पनि आज ग्रामीण क्षेत्रका गाउँ, टोल, समाज र समुदाय खुलि हुदै गएका छ्न । यस्तो स्थितिले कसले निर्माण गरे कसैले सोचेको छ यसको बारेमा आजका दिनमा सम्म, सबैलाई सत्ता, शक्ति र कुर्चि चाहिएको छ । सधैं सत्ता को वरपर नै बस्न चाहाने हरुले देशको अवस्था फेर्न कोहि तयार देखिदैन्न । यसको परिणामस्वरुप ग्रामीण क्षेत्रका नागरिकहरुले खेप्नु परिरहेको छ । नागरिक स्वतन्त्र हुन्छ भन्दा समेत आज नागरिक स्वतन्त्र छैन्न किनकि नागरिकलाई राजनीति दलले गुलाम बनाएका छ्न । यसैला निम्ति नेपाली जनताहरु आन्दोलन र क्रान्तिका निम्ति तयार भएका हुन त ? यसको जवाफ कसले दिन्छ । त्यसैले व्यवस्था को नाममा नेपाली जनतालाई दुख दिने भ्रम छर्ने काम नगरेकै राम्रो हुन्छ । कसैलाई सत्ता र शक्ति प्राप्तिका निम्ति अब नेपाली जनता पुङ्गो बन्दैन । किनकि आठ दसक सम्म नेपाली जनता व्यवस्था को नाममा रमोलिएको छ ।
आजको आवश्यकता आन्दोलन क्रान्ति हैन अवस्था परिवर्तन को हो । संबिधान कार्यान्वयन को हो । आजसम्म ला उपलब्धिहरुलाई व्यवस्थापन गरि अगाडि बढ्ने समय हो । नेपाली जनताको जनभावना र जनचासो को आधारमा अगाडि बढ्ने समय हो । राज्य जनताको शिक्षा, स्वास्थ्य, संचार, खाद्य, गासबास र सुरक्षा को कम्तिमा पनि ग्यारेन्टी गर्नु पर्छ । जबसम्म शिक्षा, स्वास्थ्य, संचार, खाद्य, गासबास, रोजगारी र सुरक्षा को ग्यारेन्टी हुँदैन तबसम्म नेपालमा अवस्था परिवर्तन हुँदैन । अवस्था को नाममा व्यवस्था को आन्दोलन र क्रान्ति गर्ने र आन्दोलन र क्रान्ति ब्याज खादै नेपाली जनतालाई दुख दिने काम सधैं चलिरहन्छ । त्यसैले युवा पङ्तिको सक्रियता र सहभागितामा अवस्था परिवर्तनका निम्ति संघर्ष गर्नु पर्छ ।
विश्वमा जुनसुकै देशमा पनि आन्दोलनले व्यवस्था मात्र परिवर्तन गर्ने हो अवस्था कहिले परिवर्तन गर्दैन स्मरण रहोस् संसारभरि जतिपनि आन्दोलन क्रान्ति बिद्रोह संघर्ष भए ति सबै व्यवस्था परिवर्तनका निम्ति भए त्यसैले अब नेपालमा आन्दोलन, क्रान्ति, बिद्रोह र व्यवस्था परिवर्तन संघर्ष आवश्यक छैन । आवश्यक छ त केवल अवस्था परिवर्तन को, अवस्था परिवर्तनका निम्ति संघर्ष गर्नु पर्छ । यदि अबको १० वर्ष भित्र नेपाल को अवस्था परिवर्तन नभएको खण्डमा नेपालमा नेता, कर्मचारी र बृद्धअबश्थाका जेष्ठनागरिकहरुमा देशमा रहने छ्न ।
वर्तमान को स्थिति नै हेर्ने हो भने पनि ग्रामीण क्षेत्रमा जेष्ठनागरिक वा ग्रामीण क्षेत्रमा जो कोहि बिरामी हुदा होस् या मर्दाको मलामि होस् आज बाध हाल्ने मान्छे पाइदैन । त्यसैले आन्दोलन हैन अवस्था परिवर्तनका निम्ति संघर्ष गर्ने । नेपालमा अवस्था परिवर्तन नै आजको आवस्यकता हो । यदि नेपाली फेरि व्यवस्था परिवर्तनका नाममा आन्दोलन र क्रान्ति हुन्छ भने त्यो पिडा राज्य लाई नै हुनेछ किनकि आन्दोलन र क्रान्ति को समयमा युवा पिडि सबै विदेशीरहेको स्थितिमा सबै युवा पुर्ण रुपमा विदेशी स्थिति निर्माण गर्नु नै फेरि नेपालमा आन्दोलन क्रान्ति गर्नु हो ।
आजको दिनमा नेपालमा आन्दोलन र क्रान्ति को अर्को नाममै विदेशीनु हो । यि सबै शब्द पर्याबाचि भएका छ्न । जनताले पिडा मा छ्न सहकारि ठगि धन्दा होस् या बैंक ब्याज गर होस् वा लघुबित्त ब्याज होस् साथै बिरोजगारिको पिडा होस् सबै जनता आजित भएका छ्न । यदि राज्य ले अहिलेको समयमा होशियार हुदैन भने राज्यले ठुलो मुल्य चुकाउनु पर्छ । जहाँ समस्या हो समस्या को समाधान त्यहि खोज्नु पर्छ र समस्या को हल गर्नु पर्छ । फेरि केहि राजनीति मोर्चा र राजनीति दलहरु व्यवस्था परिवर्तनका नाममा नेपाली जनतालाई दुख र पिडा धकेल्दै छ्न होशियार नेपाली जनताहरु किनकि नेतृत्व गर्ने नेतृत्व कर्ताहरुले राज्यको शक्ति र सत्ता प्राप्ति नगरेकै कारण आज आन्दोलन र क्रान्ति को मोडेल कोर्दै छ्न त्यसैले अवस्था परिवर्तनका निम्ति संघर्ष तिर सबै जनता नेता कर्याकर्ता राजनीतिदल मोडिनु पर्छ ।
अवस्था परिवर्तन नहुदासम्म नेपाली जनताले दुख भोग्नु पर्छ । त्यसैले अवस्था परिवर्तन नहुदा राज्यले ठुलो क्षेति बेहोर्नु पर्छ । त्यसकारण सबैले समयमै होशियार भएर अवस्था परिवर्तनका निम्ति राज्यलाई आआफ्नो सक्दो सहयोग, सहकार्य, सहअस्तित्व र समन्वय गर्नु पर्छ। आजको मुख्य एजेन्डा आधार भनेकै अवस्था परिवर्तन हो । यसका निम्ति संघर्ष र क्रान्ति नै हो ।
लेखक – कमल कृष्ण बिष्ट
तपाईको प्रतिक्रिया