समय आफ्नो गतिमा परिवर्तन सिल छ। समयलाई कसैले पनि रोक्न सक्दैन, मात्र यति होकि मानव ले समय संगै परिवर्तन हुनु पर्छ। समय दिन प्रतिदिन परिबर्तन भैरहेको छ । मानिस मा एक पछि अर्को प्रतिस्पर्धा दिनप्रतिदिन बढ्दै गएको छ । बिज्ञान र प्रविधिले फड्को मार्दै छ,बिश्वमा आज भन्दा भोलि नयाँ युग को सुरु वात हुदैछ । नेपाली युवाको भबिस्य अन्योलमा रहेको छ ।देशका युवा शक्त्ती देशमै खपत हुन सकेको छैन आज पनि प्रत्येक बर्ष पाँच लाखका दरले युवा बिदेसिनु प्रने तितो यथार्थ हामिमाज कायम छ ।सन् १९६० मा जनसंख्यामा युवाको उपस्थितिका हिसाबले दक्षिण कोरिया त्यहीं थियो, जहाँ नेपाल आज उभिएको छ । के आज नेपाली राज्य, राज्यका निकाय, राजनीतिक दलहरूले युवाको यस अभूतपूर्व जनसांख्यिक उपस्थितिलाई समृद्धिका लागि सदुपयोग गर्ने अवसरका रूपमा प्रयोग गर्न प्रतिबद्ध छन् ?तर आजको युवा पुस्ताको भविष्य अनिश्चित नैदेखिन्छ । अदक्ष कामदारले पठाएको विप्रेषणकाआधारमा चलिरहेको अर्थतन्त्र तत्कालको लागि राहतहो, दिगो समाधान होइन । विश्वव्यापी रूपमा १७०वटा देशमा युवाको अवस्थाको अध्ययन गर्दै तयार पारिएको प्रतिवेदन युवा विकास सूचकांकले नेपाल१४२ औं स्थानमा रहेको देखाएको छ युवाको अवस्थामा नेपाल दक्षिण एसियामा सबैभन्दा
पुछारमा रहनुले हाम्रो अवस्थालाई छर्लंग पार्छ ।नेपालभित्र बढ्दै जाने श्रमशक्ति र विदेशबाट फर्कनेलाखौं युवाका लागि आन्तरिक प्रबन्धको तयारीखासै नदेखिनु खेदपूर्ण छ । आन्तरिक बजारले प्रत्येक वर्ष ३० देखि ४० हजारभन्दा बढी युवा धान्न नसक्नेअवस्थामा वैदेशिक रोजगारीको सहज बाटो नहुने हो
भने बेरोजगार, आर्थिक र नियमित शैक्षिक गतिविधिमा असंलग्न युवाको उग्र उपस्थिति सामाजिक अस्थिरताको प्रमुख कारण बन्न सक्छ ।
स्वदेशमा धान्न नसकिने युवाको उपस्थितिकोव्यवस्थापन गर्न सक्षम नबनुन्जेल दक्ष र अदक्ष सबैखालका श्रमिकले अहिले तताउँदै आएको अरबको
बाटोबारे पनि प्रश्न गर्ने ठाउँ छैन । प्रश्न के हो भनेपछिल्लो ५ वर्षमा खासै बढ्न नसकेको आन्तरिकरोजगारीको सम्भावना बढ्नेचाहिँ कहिले हो ?
युवा को हुन् भन्ने सन्दर्भमा नेपालमा अति सीमितबहस भएका छन् । भएका बहसले पनि नीति निर्माण तहमा खास प्रभाव राख्न सकेको छैन । यद्यपि
युवाबारे विश्वव्यापी रूपमा कुनै सर्वमान्य र सर्वस्वीकार्य परिभाषा पाइँदैन । देश, समाज, संस्कृतिर त्यसअनुसार युवाले निर्वाह गर्नुपर्ने भूमिकाको
आधारमा युवालाई हेर्ने र परिभाषित गर्ने फरक-फरकअवस्था पाइन्छन् । सामान्यतया उमेरलाई आधार मानेर किशोरावस्थाको सुरुवात र वयस्क हुनु अघिको
अवस्थालाई नै युवा भनेर परिभाषित गर्ने गरिएको छ । तर यसरी गरिने परिभाषाले त्यस समाजको वस्तुनिष्ठ अवस्थालाई ठम्याउनसकेको छ कि छैन भन्ने प्रश्न
ज्वलन्त भएर आउँछ । नेपालको नीतिगत इतिहासमापहिलोपटक २०५२ सालमा केदारभक्त माथेमाको संयोजकत्वमा बनेको युवासम्बन्धी उच्चस्तरीय कार्यदलले (१६–२९) को उमेर समूहलाई युवा भनेर परिभाषित गर्नुपर्ने प्रस्ताव गर्यो । तर २०६६ सालमा युवा मन्त्रालयले गठन गरेको सर्वदलीय राजनीतिक युवा कार्यदलले प्रस्ताव गरेको युवा नीतिमा युवाको परिभाषामा (१६–४०) बनाउने निर्णय गरियो । सन् २०१५ मा बनेको युथ भिजन २०२५ कार्यदलले नेपालको युवाको परिभाषा अवैज्ञानिक र अव्यावहारिक भएको भन्दै १६–३५ मा झार्नुपर्ने राय दियो, जसलाई अघिल्लो सरकारले १६–४० नै बनायो । युवालाई एउटा उमेर समूहभित्र परिभाषित गर्नुको खास कारण एउटा निश्चित उमेरमाथि लगानी गर्न सजिलो होस् र राज्यको लगानीलाई निश्चित उमेरभित्र केन्द्रित गरेर मापन गर्न सकिने प्रतिफल प्राप्तिलाई योगदान पुगोस् भन्ने हो ।
राजनीतिक दलहरू कम युवामैत्री हुनु र आवधिक स्थानीय चुनावको अभावमा दलका नेताहरूमा युवा नै रहन पाए हुन्थ्यो भन्ने मनोकांक्षाले युवालाई
परिभाषित गर्ने सन्दर्भमा प्रभाव पारेको पाइन्छ । हालको परिभाषा अनुसार आमा र छोरा एउटै उमेर समूहमा पर्ने नेपालको युवा परिभाषाले कुन उमेर
समूहलाई कसरी लगानी र सहभागी गराउने भन्ने कार्यक्रम निर्माण र कार्यान्वयनकालागि जटिलता ल्याउनेछ । अति खुकुलो युवा परिभाषा राख्दा स्पष्टै
छ, एउटा निश्चित उमेर समूहको आवश्यकता र समस्यालाई सम्बोधन गर्न कठिन हुन्छ । तर युवाको नाममा राजनीतिक दलका वरिष्ठहरूले लाभ भने पाइनै राख्नेछन् । २०५३ सालमा केदारभक्त माथेमाको संयोजकत्वमा बनेको उच्चस्तरीय टोलीले पहिलोपटक युवालाई परिभाषित गरेर केही कार्यक्रम तत्कालीन सरकारलाई बुझाएको थियो । तर त्यो त्यत्तिकै थन्कियो । त्यसपछि २०५९, ०६४ सालमा युवा नीतिका मस्यौदा नेपाल सरकारलाई बुझाइएको थियो । ती मस्यौदा पनि मन्त्रालयको कुनै कुनामा थन्किए । त्यसपछि २०६५ मा राष्ट्रिय योजना आयोगको नेतृत्वमा नेपाल युवा संस्था सञ्जाल र अन्तर्राष्ट्रिय श्रम संगठनले युवा स्वरोजगार कार्ययोजना बनाए, जसले ८० हजार युवालाई तालिम र स्वरोजगार बनाउने लक्ष्यसहित काम सुरु गर्न खोजेको थियो । यी सबै प्रयत्न
कार्यान्वयन नभइकन थन्किए । गत साल युवा तथा खेलकुद मन्त्रालयले युथ भिजन २०२५ र अघिल्लो साल श्रम मन्त्रालयले रोजगार नीति अघि सारे । राज्यका विभिन्न निकायले फरक-फरक समयमा उही लक्षित समूहका लागि फरक-फरक नीति र कार्यक्रम घोषणा गरे पनि आवश्यक स्रोत, क्षमता र इच्छाशक्तिको अभावमा यी नीतिहरू कागजी बाघमा मात्र सीमित भएका छन् । अर्थ मन्त्रालयको युवा स्वरोजगार कार्यक्रम, शिक्षा मन्त्रालय, स्थानीय विकास मन्त्रालय अन्तर्गतका युवा सीप विकास कार्यक्रम, श्रम तथा उद्योग मन्त्रालयका सीप परियोजनाहरूबीच तालमेल अभावमा सबैले एकै खालको काम गरेजस्तो तर प्रभावका हिसाबले ती नगन्य देखिएका छन् ।
हालसालै गठन भएको राष्ट्रिय युवा परिषद यी प्रयत्नलाई संयोजन गर्नुको साटो आफैं नयाँ कार्यक्रम लिएर अघि बढेको छ । जसले नीतिगत समस्यालाई सम्बोधन गर्ने देखिँदैन । चरम राजनीतीकरण संविधानसभाको पहिलो चुनावपछि गठन भएको सरकारले युवा स्वरोजगार कार्यक्रम सुरु गर्यो । प्रयत्न र सोचका हिसाबले कार्यक्रम सही नै भए पनि बजेट विनियोजन र लगानीका क्रममा भएको चरम राजनीतिले राजनीतिक पहुँच भएका र दलसँग आबद्धले मात्रै त्यस कार्यक्रमबाट फाइदा लिन पाए । दोस्रो संविधानसभा पश्चात बनेको सरकारले साना तथा मझौला युवा उद्यमीका लागि ५० करोड कोषसहितको कार्यक्रम घोषणा गर्यो । तर एक पैसा पनि खर्च हुन सकेन । नयाँ नीति र संरचनाहरू बन्ने प्रक्रियाको पछिल्लो उदाहरण बनेको छ– राष्ट्रिय युवा परिषद । युवा सम्बन्धी सन् २००४ को हाराहारीमा काम गर्न सुरु गरेका युवा संस्थाहरूको खासगरी तीनवटा माग थिए, १) युवाका लागि राज्यको नीति, २) युवा विकासलाई केन्द्रीय स्तरमा अघि बढाउन राजनीतिक प्रतिबद्धता र संयन्त्रका लागि युवा मन्त्रालयको व्यवस्था र ३) युवाकै प्रत्यक्ष नेतृत्वमा राष्ट्रिय युवा परिषद स्थापना । एक दशक लामो प्रयत्नपश्चात हालसालै भएको राष्ट्रिय युवा परिषदको स्थापना र विस्तारले परिषद विश्वका अन्य देशमा जस्तै विशुद्ध व्यावसायिक र युवाका क्षेत्रमाकाम गर्न क्षमतावान युवा टिमको रूपमा अघि बढ्ने विश्वास राजनीतिक नियुक्ति र भागबन्डाकै दुश्चक्रको थप अर्काे उदाहरणमा मात्र परिणत भयो ।परिषदको गठन नै चरम राजनीतीकरणको सिकारभएपछि त्यसबाट स्वतन्त्र र व्यावसायिक ढंगबाट काम अघि बढ्ने शंका पैदा भएको छ । खुला प्रतिस्पर्धाका आधारमा क्षमतावान समावेशी टिमको गठन नै युवा पुस्ताप्रतिको जवाफदेहिता हुनसक्थ्यो । तर त्यो नजिर स्थापित गर्नबाट राजनीतिक नेतृत्व चुकेको छ ।
राज्यको अपर्याप्त ध्यानसँगै राजनीतिक र गैरराजनीतिक दुवैतर्फबाट आवश्यक सिर्जनात्मक पहलको अभाव हुँदै गएको देखिन्छ । विशेषगरी कुल बजेटको १ प्रतिशतभन्दा कम बजेटमा सीमित युवातथा खेलकुद मन्त्रालयको सामान्य अवसरका लागि मरिमेटेर हुने गरेका गतिविधिले बृहत्तर युवाका सवालमा उचित सम्बोधनको वातावरण निर्माणमा सहयोग पुर्याउँदैन । दलका युवा संगठनहरू आजभोलि युवाको कुन सवाललाई उठाएर अभियान चलाइरहेका छन् भन्ने सावर्जनिक रूपमा देखिएको छैन । यसैगरी सामाजिक संघ, संस्थाका युवा अभियन्ताहरू कि तकुनै लाभका लागि राजनीतिक दलकै सदस्यता लिएर दोहोरो भूमिकामा देखिन्छन् भने कि दातृ निकायका सामान्य एजेन्डाको कार्यान्वयनमै तिनको व्यस्तता देखिन्छ । युवा आन्दोलन सुस्त र एकत्रित नभएकै कारण सरोकारवालालाई जिम्मेवार, जवाफदेही बनाउन आवश्यक पहल र दबाब पुग्न सकेको छैन । यस्ता विविध कारण रहुन्जेल र हालकै संरचना र संस्कारबाट नेपाली युवाले भविष्यप्रति आशावादी हुने ठाउँ देखिँदैन । देशमा राज्य व्यबस्था परिवर्तन हुदा समेत नेपाल युवाको भबिस्य सुनिश्चित हुन नसकेको अवस्थाले गर्दा अब देशको नेतृत्व गर्ने नेतृत्व कर्ताहरु माथि नै प्रश्न चिन्ह खडा भएको छ । जसले गर्दा नेपालमा युवाहरु बस्न रुचाउन छोडि सकेका छ्न । भन्न सकिदैन अब को १० वर्षमा नेपाललि बजारमा नेपाली युवाको सन्टा नछाउला भनेर सकिदैन । यदि विश्व बजार र नेपाली बजारमा युवाको स्थिति बारे समयमै होशियार नहुने हो भने देशको बिडम्बना हुन सक्ने स्थिति सिर्जना हुँदैन छ । त्यसैले नेपाली युवाको भबिस्यको ग्यारेन्टी गर्ने समय भएको छ । यसका निम्ति नेतृत्वकर्ता समयमै होशियार बन्नु आजको अपरिहार्य हो । आजको युवा भोलि देशको कर्णाधार भन्ने सुलोगन लाई सफल गर्नु हाम्रो दायित्व र कर्तव्य हो ।
लेखक:- कमल कृष्ण बिष्ट
तपाईको प्रतिक्रिया