नेकपा एमाले अछाममा सचिव पदका लागि टोप बहादुर शाहीको सशक्त दाबी : संघर्ष र बलिदानीबाट अघि बढेको युवा नेतृत्व

कोहलपुर, बैशाख १३,

अछामको राजनीतिक आकाशमा एउटा चम्किलो नाम अहिले निकै चर्चामा छ, टोप बहादुर शाही । शाहीले नेकपा एमाले अछाम जिल्ला कमिटीको सचिव पदका लागि आफ्नो बलियो उपस्थिति देखाएका छन् । संगठन निर्माणदेखि जनसरोकारका सवालमा फ्रन्टलाइनमा उभिँदै आएका शाही अहिले सचिव पदका लागि सबैभन्दा सशक्त दाबेदारको रूपमा उदाएका छन् । पार्टीको जिल्ला सचिवालय सदस्य रहेका शाही अनेरास्ववियु अछामका पूर्व अध्यक्षसमेत हुन् । उनले विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै अछाममा संगठनलाई बलियो जगमा उभ्याएका थिए । राजनीतिक संघर्षका हरेक मोर्चामा अविचलित भएर उभिने शाहीलाई युवाको प्रतिनिधित्व गर्ने जुझारु नेताका रूपमा चिनिन्छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा ढकारी गाउँपालिका–२ स्थित श्री कालिका मावि, हिच्मामा भएको घटना शाहीको साहसिकता प्रमाणित गर्ने अर्को उदाहरण हो । जब प्रतिपक्षीले बुथ कब्जा गर्न खोजे, उनले एक्लै प्रतिकार गर्दै निष्पक्ष मतदानको पक्षमा आवाज उठाए। प्रहरीको लाठीचार्ज, अश्रुग्यास र ढुंगामुढाबीच घाइते भएका शाही भिडमा खस्दा ज्यानै जाने अवस्था आएको थियो। तर उनले कहिल्यै हार मानेनन्, अझै बलियो भएर संगठनको पक्षमा उभिइरहे।

पार्टीभित्र स्पष्ट विचार, संघर्षशीलता र बलियो जनसम्पर्क बनाएका शाही अहिले एमाले अछाममा युवा पुस्ताको आशा र अग्रजहरूको भरोसाका रूपमा अगाडि बढेका छन् । अन्याय र अत्याचारविरुद्ध डटेर उभिने उनको जुझारु छवि अब सचिव पदमा स्थापित हुने सम्भावना निकै प्रबल देखिन्छ । नेकपा एमाले अछाम जिल्ला कमिटीको सचिव पदका लागि युवा नेता शाहीले एकदमै सशक्त र दृढ दाबी प्रस्तुत गरेका छन् । हाल जिल्ला सचिवालय सदस्य रहेका शाही संगठन निर्माण, जनसम्पर्क विस्तार र संघर्षशील नेतृत्व क्षमताका आधारमा सचिव पदका लागि सबैभन्दा बलियो उम्मेदवारका रूपमा स्थापित भएका छन् ।

राजनीतिक यात्राको सुरुवात अनेरास्ववियु अछामबाट गरेका शाही त्यहाँका पूर्व अध्यक्षसमेत हुन् । अनेरास्ववियुको नेतृत्व सम्हाल्दै उनले विद्यार्थी आन्दोलनको शिखरमा अछाममा संगठनलाई नयाँ उचाइमा पु¥याए । विद्यार्थी राजनीतिमा रहँदा नै उनले सिंगो जिल्लाभर संगठनात्मक जागरण ल्याएका थिए । अहिले पनि त्यो ऊर्जा र प्रतिबद्धता उस्तै रहेको छ ।

टोप बहादुर शाही पार्टीभित्र युवाहरूका लागि प्रेरणाका स्रोत मात्र होइनन्, अग्रज नेतृत्वका लागि पनि आशाको केन्द्र बनेका छन् । उनी स्थानीय स्तरदेखि जिल्ला तहसम्म संगठन विस्तार, पार्टी सुदृढीकरण र जनसम्पर्क अभिवृद्धिमा निरन्तर क्रियाशील छन् । संगठन निर्माणमा देखाएको उनको समर्पण र निष्कलुष कार्यशैलीले पार्टीभित्र उनलाई ’नयाँ पुस्ताको उज्यालो भविष्य’ भनेर चिनिने बनाएको छ।

पार्टीका धेरै नेताहरू र कार्यकर्ताहरूले पनि शाहीलाई सचिव पदको लागि सबैभन्दा योग्य उम्मेदवारका रूपमा खुलेर समर्थन गर्न थालेका छन् । संगठनप्रति उनको निष्ठा, जनताको आवाजप्रति उनी देखाउने संवेदनशीलता, र नेतृत्व क्षमताका कारण टोप बहादुर शाही अछाम जिल्लामा सचिव पदको दौडमा अगाडि देखिएका छन् । संघर्षको मैदानबाट उठेको, परिवर्तनको झन्डा बोक्ने युवा नेता अब एमाले अछामको नेतृत्व सम्हाल्न तयार देखिन्छ ।

शाहीको सशक्त दाबी ः संघर्ष, समर्पण र नेतृत्वको नयाँ उदाहरण

अछाम जिल्लामा नेकपा एमालेको नेतृत्वको चर्चामा युवा नेता टोप बहादुर शाही बलियो उम्मेदवारका रूपमा उदाएका छन् । हाल जिल्ला सचिवालय सदस्य रहेका शाहीले आफ्नो संगठन निर्माणमा देखाएको सक्रियता, जनसम्पर्कमा कायम गरेको प्रभाव, र संघर्षशील प्रवृत्तिका कारण सचिव पदमा सबैभन्दा सशक्त दाबेदार मानिएका छन् ।

विद्यार्थी आन्दोलनको अग्रपङ्क्तिमा उभिँदै उनले संगठनलाई एकीकृत र सुदृढ बनाउन विशेष भूमिका खेलेका थिए । त्यही संघर्षको आधारमा आज उनी जिल्लास्तरको नेतृत्वका लागि अग्रसर भएका छन् । उनी भन्छन्,–‘म सत्ताका लागि होइन, सिद्धान्त र पार्टी तथा समाजका लागि राजनीतिमा आएको हुँ । मलाई सचिव बनाइदिनुहोस्, म केही गरेर देखाउँछु । परिवर्तनका लागि नेतृत्व कसरी काम गर्छ भन्ने उदाहरण पेश गर्छु ।’

शाही थप भन्छन्,–‘राजनीति भनेको सत्ताको लागि होइन, परिवर्तनको लागि हो। म सधैं अन्याय र अत्याचारविरुद्ध संघर्षरत रहँदै आएको छु । सङ्घर्षमै भविष्य देख्छु । जहाँ अप्ठ्यारो हुन्छ, म त्यहीँ उपस्थित हुन चाहन्छु । पार्टीका आदर्श र जनताको अपेक्षा मेटाउन म जुझिरहन्छु। अहिले अछामलाई नयाँ ऊर्जा र मार्गदर्शन चाहिएको छ, म त्यो भूमिका निभाउन तयार छु ।

अछामभित्र उनको संगठन सुदृढीकरणमा देखिएको योगदान, स्थानीयस्तरमा जनतासँग गरिएको प्रत्यक्ष संवाद र पार्टीप्रतिको गहिरो निष्ठाले गर्दा टोप बहादुर शाही अब सचिव पदको नेतृत्वका लागि सबैभन्दा आशावादी अनुहार बनेका छन् । संघर्षबाट निखारिएका, संगठनप्रति समर्पित र नयाँ पुस्ताको प्रेरक टोप बहादुर शाही सचिव पदमा चयन भए एमाले अछाममा नयाँ ऊर्जा थपिने विश्वास बढ्दै गएको छ । ‘हामीले पार्टीलाई कठिनाइको घडीमा झनै मजबुत बनाउने हो, अवसरमा होइन । त्यही संघर्षबाट मैले सिकेको हुँ, अनि त्यो सिकाइलाई अब एमाले अछामलाई नयाँ उचाइमा पु¥याउन प्रयोग गर्ने छु ।’

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर