कोहलपुरमा दलित पत्रकार संघ लुम्बिनीद्वारा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न

कोहलपुर, जेठ ३१,

नेपाल सरकारका पूर्व सिंचाई राज्यमन्त्री दल बहादुर सुनारको प्रमुख आतिथ्यमा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित नयाँ वर्ष २०८२ सालको क्यालेन्डर विमोचन कार्यक्रम बाँकेको कोहलपुरमा भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सुनारले दलित समुदायको सशक्तिकरणमा सञ्चारको भूमिका महत्वपूर्ण रहेको बताउँदै, पत्रकारिता मार्फत सामाजिक न्यायको पक्षमा अझ बुलन्द आवाज उठाउनुपर्नेमा जोड दिए । उनले दलित पत्रकारहरूले निष्पक्ष र निर्भीक ढंगले लेखनी चलाउनुपर्ने आवश्यकता औंल्याए । क्यालेन्डर विमोचन कार्यक्रममा केन्द्रिय पार्षदद्वय कुशल दलमी र हेमन्त बिकले दलित पत्रकारिता क्षेत्रको प्रगति र संघको भूमिकालाई उल्लेखनीय बताउँदै आगामी दिनमा अझ प्रभावकारी कदम चाल्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा पत्रकार शुभाकर विश्वकर्मा, शान्ति सुनार, प्रमिला बिक, साथै समाजसेवी, राजनीतिक व्यक्तित्व, पत्रकार र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

राष्ट्रिय दलित पत्रकार संघ, लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र बस्यालले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, सहभागी र शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गर्दै दलित पत्रकारले समाजमा आफ्नो पहिचान स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रमको संचालन प्रदेश कोषाध्यक्ष बिधुत्मा रैकाले गरेकी थिईन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर