बाँके क्षेत्र नम्बर १ मा जनसंवाद : “कृष्ण केसी नमुना विकासका पर्याय”

कोहलपुर, फागुन १६,

बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णा के.सी. नमुनाबारे मतदाताको धारणा बुझ्न आयोजना गरिएको जनसंवाद कार्यक्रममा सहभागीहरूले उनलाई विकासका पर्यायका रूपमा चित्रित गरेका छन् ।

कार्यक्रममा बोल्दै स्थानीय अगुवा मधु खड्काले कृष्णा के.सीले विगतमा बाँकेको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको बताएकी छन् । उनले विशेष गरी नरैनापुर र राप्ती सोनारी गाउँपालिकामा उहाँको पहलमा सडक, खानेपानी, विद्युत् विस्तार तथा पूर्वाधार निर्माणका कामहरू तीव्र रूपमा अघि भएको बताएकी हुन् । त्यसैले अधुरा काम पूरा गर्न पनि उहाँलाई फेरि जिताउन आवश्यक रहेको उल्लेख गरिन् ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि कृष्ण केसी नमुनाले जनताको समस्या प्रत्यक्ष सुन्ने र समाधानका लागि पहल गर्ने नेताको रूपमा पहिचान बनाएको धारणा राखे । उनीहरूले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भएका प्रगतिलाई स्मरण गर्दै आगामी कार्यकालमा थप ठूला योजनाहरू ल्याउने विश्वास व्यक्त गरे । सहभागीहरूले पूर्वाधार विस्तार र सामाजिक विकासका योजनामा उनको सक्रियता प्रशंसनीय रहेको बताए ।

जनसंवाद कार्यक्रममा सहभागी अधिकांश मतदाताले बाँकेको समग्र समृद्धिका लागि अनुभवी र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै कृष्णा के.सी. नमुनालाई पुनः प्रतिनिधि सभा सदस्यमा विजयी गराउनुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा वक्ताहरूले लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन सबै मतदातालाई आग्रह गर्दै विकास र स्थायित्वका लागि सही निर्णय लिन आह्वान गरेका थिए । नमुना प्रगतिशिल लोकतान्त्रिक पार्टी उम्मेद्वार हुन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !