समानुपातिक उम्मेदवार मन्जु कोइरालाको दाबी : महिलाको सशक्तिकरणसँगै समग्र विकास हाम्रो लक्ष्य

कोहलपुर, फागुन १६,

नेपाल कम्युनिस्टका तर्फबाट बाँके क्षेत्र नम्बर १ की समानुपातिक उम्मेदवार मन्जु कोईरालाले आफ्नो पार्टीले आगामी निर्वाचनमा विजय हासिल गर्ने दाबी गर्दै समग्र विकासमा प्रतिबद्ध रहेको बताएकी छन् ।

कोइरालाले विकास, सुशासन र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताइन् । उनले भनिन्,-‘हामी जनताको विश्वास जित्ने आधार तयार गरिसकेका छौं । शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई सशक्त बनाउँदै लैजानु हाम्रो प्रमुख एजेन्डा हो ।’ उनले विशेषगरी महिलाको सशक्तिकरणलाई आफ्नो मुख्य प्राथमिकता बनाएको उल्लेख गरिन् । महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम, सीपमूलक तालिम, स्वरोजगारका अवसर र नेतृत्व विकासका पहलहरूलाई विस्तार गरिनेछ कोइरालाको भनाइ थियो ।

उनले बाँकेको ग्रामीण भेगमा खानेपानी, सडक स्तरोन्नति, सिँचाइ तथा कृषि आधुनिकीकरणका कार्यक्रमलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन् । साथै युवालाई रोजगारी सिर्जना गर्ने योजना ल्याइने र स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति तथा पूर्वाधार व्यवस्थापन गरिने बताइन् ।

पार्टीप्रति जनताको समर्थन बढ्दो रहेको दाबी गर्दै समानुपातिक प्रणालीमार्फत योग्य र प्रतिबद्ध नेतृत्व संसदमा पुग्ने विश्वास व्यक्त गरिन् । उम्मेदवार कोइरालाले लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन सबै मतदातालाई आग्रह गर्दै समावेशी र दिगो विकासका लागि आफ्नो पार्टीलाई समर्थन गर्न अपिल गरेकी छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर

मगर सांस्कृतिक मेलाको छैटौं दिन विविध सांगीतिक प्रस्तुति : गायक वलीले तताए स्टेज

जनप्रतिनिधि र क्रियाशील पत्रकार महिला बिच भएको खेलमा पत्रकार विजयी, जितका लागि बिधुत्मा रैकाको उत्कृष्ठ गोल

मगर सांस्कृतिक मेलास् चौथो दिनमा नायक पल शाहको धमाकेदार प्रस्तुति, दर्शक उत्साहित

मगर सांस्कृतिक मेलाः तेस्रो दिनमा गोपाल नेपाल जि.एम र जानकी तारामी मगरको प्रस्तुति, भोली नायक पल शाह आउँदै

नेपाल मगर सघं बाँकेद्वारा सञ्चालित सांस्कृतिक मेलाको दास्रो दिन भव्यताका साथ सम्पन्न, तेस्रो दिन गोपाल नेपाल जि.एम आउँदै

मगर पहिचान झल्काउँदै बाँकेमा प्रथम सांस्कृतिक महोत्सव, राष्ट्रिय कलाकारहरूको धमाका