देउडामय बन्यो तारा : देउडा गीतबाटै भोट माग्दै नरेन्द्र पाण्डे (जेम्स)

बाँके, कोहलपुर ९,

बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) ले चुनावी अभियानलाई देउडा गीतमार्फत जनतामाझ प्रस्तुत गरेका छन्।

कोहलपुर–१ मा आयोजित देउडामय कार्यक्रममा उनले सांस्कृतिक शैलीमै भोट माग्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् । देउडा सांस्कृतिक संरक्षण प्रतिष्ठान शाखा कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बाँके जिल्लाका स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा देउडा गीत, नृत्य र सांस्कृतिक प्रस्तुतिहरूले वातावरणलाई उत्साहपूर्ण बनाएको थियो।
उम्मेदवार पाण्डेले कार्यक्रममा स्थानीय आवश्यकता र जनचाहनालाई समेट्दै विभिन्न विकास योजनाहरू अघि सारे।

विशेषगरी कर्णाली प्रदेशबाट बसोबास गर्दै आएका नागरिकहरूको कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
उनले यस्ता सांस्कृतिक कार्यक्रमहरूलाई जोगाउँदै स्थानीय पहिचानलाई बलियो बनाउन आफू सधैं अग्रसर रहने बताएका छन्। “कला र संस्कृति हाम्रो पहिचान हो, यसलाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो,” उनले भने।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले पनि देउडा गीतमार्फत प्रस्तुत गरिएको चुनावी अभियानलाई सकारात्मक रूपमा लिँदै सांस्कृतिक माध्यमबाट जनतासँग जोडिने प्रयास प्रशंसनीय रहेको बताएका थिए । देउडा गीतमार्फत गरिएको यस प्रकारको चुनावी प्रचारले परम्परागत संस्कृति जोगाउँदै राजनीतिक सन्देश प्रवाह गर्ने नयाँ अभ्यासको रूपमा चर्चा पाएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !