जुर्मुराउँदै मुक्तक मञ्च चितवन

कोहलपुर , वैशाख १३ प्रकृति प्रेमी, मुक्तक मञ्च चितवनले  पुनर्गठनपछि आफ्नो पहिलो कार्यक्रम सम्पन्न गरेको छ | वैशाख १२ गते चितवन साहित्य परिषद् को भवनमा ‘खुल्ला मुक्तक वाचन एवम् पुस्तक विमर्श’ कार्यक्रम भएको हो | कार्यक्रममा मुक्तककार निर्दोष जीवनको मुक्तक सङ्ग्रह ‘प्रेमको सुगन्ध’ माथि पुष्प अधिकारी ‘अञ्जलि’ले र राजन विफल पौडेलको मुक्तक सङ्ग्रह ‘अनिँदो मन’ माथि रमेश प्रभातले बोलेका थिए |

कार्यक्रम संयोजक तिर्सना सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा मुक्तक मञ्चका अध्यक्ष दीपले स्वागत मन्तव्य राखेका थिए | सुनिल महतोले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रा.कपिल अज्ञात, गिरिराज डल्लाकोटी एवम् केशवराज आमोदीले मुक्तकको संरचना र गहनताबारे मानक धारणा प्रस्तुत गरेका थिए |

करिब पचासको हाराहारीमा मुक्ततककार एवम् मुक्तकप्रेमीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा सुमन कडरिया, देवी कार्की , सुनिल महतो, करुणा उदासी , प्रा.कपिल अज्ञात, खनाल रेवतीरमण, देवी शर्मा, अमृता रामदाम, राजु आचार्य ‘दीप’, अनु अर्याल गिरिराज डल्लाकोटी, राजेन्द्र घायल, दामोदर पौडेल , पुष्प अधिकारी ‘अञ्जलि’ केशवराज आमोदी, लगायतले मुक्तक वाचन गरेका थिए | मुक्तक वाचन गर्ने सम्पूर्ण मुक्तककारहरूलाई मायाको चिनोस्वरुप विभिन्न स्रष्टाका पुस्तकहरू उपलब्ध गराईएको थियो | कार्यक्रम को रोचक पक्ष तिर्सना सापकोटा र सुनिल महतोबिच मुक्तकमा सवालजवाफ समेत भएको थियो |

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !