कोहलपुर, असोज १२,
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बाँके क्षेत्र नम्बर १ बाट महिला खुलातर्फ महाधिवेशन प्रतिनिधिमा संगीता सुवेदी पौडेलले उम्मेदवारी दिएकी छन् ।
कोहलपुर नगरपालिकाकी उपप्रमुखसमेत रहेकी सुवेदी लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएकी छन् । महिला खुलातर्फ महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई निर्वाचित गराउन सुवेदीले पार्टीका क्षेत्रीय प्रतिनिधिहरूसँग साथ, सहयोग र अमूल्य मतको अपेक्षा गरेकी छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट कोहलपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी सुवेदीले स्थानीय तहमा जनप्रतिनिधिका रूपमा समेत काम गर्दै आएकी छन् । कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया अघि बढिरहेका बेला उनको उम्मेदवारी सार्वजनिक भएको हो ।
कांग्रेसको संशोधित व्यवस्थाअनुसार महाधिवेशन प्रतिनिधि छनोटमा महिलाको प्रतिनिधित्वलाई समेत सुनिश्चित गरिएको छ । सुवेदीले महिला नेतृत्वलाई थप सशक्त बनाउँदै पार्टीको संगठन निर्माण तथा सामाजिक विकासका क्षेत्रमा आफ्नो भूमिका प्रभावकारी बनाउने प्रतिबद्धतासहित प्रतिनिधिहरूसँग मत मागेकी छन् ।
