कोहलपुर, कात्तिक, १५,
तिहार नजिकिँदै गर्दा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९, लगदहवामा तीन जना युवाले व्यावसायिक रूपमा उत्पादन गरेको सयपत्री फूल बिक्रीका लागि तयार भएको छ ।
कृषि विषयमा स्नातक ‘बीएस्सी एजी’ अध्ययनरत वेदराज आचार्य, अशिम सिग्देल र चेतन केसीले तिहारलाई लक्षित गरी सयपत्री फूल खेती गरेका हुन् । कृषि क्षेत्रमा नयाँ सम्भावना खोज्ने र अध्ययनबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने उद्देश्यले उनीहरूले फिट फर्म (FIT FARM) मार्फत व्यावसायिक फूल खेती सुरु गरेका थिए । स्थानीय स्तरमै फूल उत्पादन गरी बजारमा स्वदेशी फूलको उपलब्धता बढाउने उद्देश्यसहित गरिएको यस प्रयासले कृषि उद्यममा युवाको आकर्षण बढाउनुका साथै व्यावसायिक कृषिको सम्भावनासमेत उजागर गरेको छ ।
तिहार तथा अन्य शुभकार्यका लागि आवश्यक सयपत्री फूल र माला खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले अग्रिम अर्डर तथा बुकिङ गर्न सक्नेछन् ।
फूल तथा माला अर्डरका लागि, स्थान : नेपालगञ्ज–१९, लगदहवा, बाँके, सम्पर्क : ९८६९८५१४६३
