कोहलपुर, असोज १२,
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि खस–आर्यतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार लालबहादुर रानाले उम्मेदवारी दिएका छन् ।
कोहलपुर नगरपालिका–८ का हालका वडाध्यक्षसमेत रहेका राना स्थानीय तहमा जनप्रतिनिधिका रूपमा सक्रिय रहँदै आएका छन् । वडाध्यक्षका रूपमा स्थानीय विकास, जनताको सेवा तथा वडाका विभिन्न सामाजिक सरोकारका विषयमा काम गर्दै आएका रानाले पार्टीको केन्द्रीय तहमा समेत भूमिका निर्वाह गर्ने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन् ।
रानाले नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्ताको भावना र जनताको अपेक्षालाई पार्टीको नीति तथा नेतृत्व तहसम्म पुर्याउन आफ्नो भूमिका रहने बताएका छन् । खस–आर्यतर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई निर्वाचित गराउन उनले पार्टीका क्षेत्रीय प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकसँग साथ, सहयोग र अमूल्य मतका लागि अपिल गरेका छन् ।
