जुम्लाको धौलापानीमा भ्यान दुर्घटना : २ जना घाइतेको सेनाको हेलिकप्टरमार्फत उद्धार

जुम्लाको धौलापानीमा भ्यान दुर्घटना : २ जना घाइतेको सेनाको हेलिकप्टरमार्फत उद्धार

कोहलपुर, फागुन ७,

जुम्लाको धौलापानी क्षेत्रमा भएको भ्यान दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

दुर्घटनामा एक जना व्यक्ति सिकिस्त घाइते भएका थिए भने अर्का एक जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत अवस्थामा रहेका थिए। दुवै जनालाई उक्त प्रतिष्ठानबाट नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी सुरक्षित रूपमा सुर्खेत पुर्‍याइएको हो।

घाइतेहरूको अवस्था गम्भीर रहेकाले तत्काल हवाई उद्धारको व्यवस्था गरिएको बताइएको छ। समयमै गरिएको उद्धारका कारण थप जोखिमबाट जोगाउन सहयोग पुगेको जनाइएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !