चितवन क्षेत्र नं. ३ मा नेकपा उम्मेदवारको विशेष सम्बोधन भरतपुर २५ मा

मनोज भुजेल, चितवन,

कोहलपुर, फागुन १३,

रेणु दाहाल, जो नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट चितवन क्षेत्र नं. ३ की उम्मेदवार हुन् ।  भरतपुर महानगरपालिकाकी पूर्व मेयरका रूपमा दुई कार्यकाल सफलतापूर्वक जिम्मेवारी सम्हालिसकेकी छन् ।  । बुधबार विशेष सम्बोधनका लागि भरतपुर महानगरपालिका वडा नम्बर २५ मा उपस्थित हुने कार्यक्रम रहेको छ ।

उनले भरतपुर–२५ अमृतचोकमा आयोजना गरिएको विशेष कार्यक्रममा सम्बोधन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ । आफ्नो कार्यकालमा विभिन्न विकास निर्माणका योजनाहरू अघि बढाएर उल्लेखनीय योगदान गरेकी दाहालले यसपटक पनि समृद्धि र स्थायित्वको एजेन्डा अघि सारेकी छन् ।

कार्यक्रममा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको गायन तथा नृत्य प्रस्तुति रहनेछ भने स्थानीय कलाकारहरूको भेषभूषा प्रदर्शनी लगायत विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ । कार्यक्रममा व्यापक जनसहभागिता रहने आयोजकको अपेक्षा रहेको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !