कोहलपुर, चैत्र १५,
नेपालगंज उपमहानगरपालिका वडा नम्बर १२ मा एक महिलालाई जिउँदै जलाइएको अवस्थामा फेला पारिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार हिजो राति करिब १२ बजे उक्त घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । जलाएर सडकमा फालेको अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि भेरी अस्पताल नेपालगंज पठाइएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी दीपक पातलीले जानकारी दिएका छन् । घटनाको कारण र संलग्न व्यक्तिबारे अहिलेसम्म केही खुल्न सकेको छैन ।

